बुधबार, बैशाख १२, २०८१

एक महिनादेखि परेको खडेरीका कारण खेतमा धाँजा फाटेपछि किसान चिन्तित

काठमाडौँ । एक महिनादेखि परेको खडेरीले पश्चिम नवलपरासीका धान खेतहरुमा धाँजा फाटन थालेपछि किसानहरु चिन्तित भएका छन । मल अभावको मार झेल्दै खेतमा रोपाई सकेका किसानलाई करिब एक महिनादेखि परेको खडेरीले धान खेतमा धाँजा फाटन थालेपछि उत्पादन घटने चिन्ताले किसान सताएको छ ।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका कृषक संजालका अध्यक्ष शिवकुमार यादवका अनुसर नवलपरासीको दक्षिणी भेगमा असार १५ भन्दा पहिला नै अधिकांश खेतमा धान रोपिसकिएको थियो । आकाशे पानी नआएका कारण पम्पसेट वा नहरको पानी लगाएर धानको रोपाई गरिसकेका किसानलाई रोपाईपछि पानी पर्ला भन्ने आशा भएपनि पानी नपरेपछि धान रोपिएको खेतमा धाँजा फाटेका छन् ।

विद्युतको सम्पर्क पुगेका कतिपय खेतहरुमा पम्पसेट, भुमिगत पानी निकालेर खडेरीले सुकेको खेतमा सिंचाई गर्ने प्रयास गरिएको छ ।
नवलपरासीमा २१ हजार हेक्टेयर क्षेत्रफलमा धानखेती गरिन्छ । जसमध्ये जिल्लाको दक्षिणी भागमा धानको रोपाई भएको भएपनि उत्तरतर्फका अधिकांश खेतहरु पानीको अभावमा रोपाई हुन सकेको छैन ।

 

पश्चिम नवलपरासीको परासीदेखि दक्षिणका पालहीनन्दन, प्रतापपुर, सरावल लगायतका क्षेत्रमा असारको पहिलो हप्तासम्ममा खेतमा धान रोपाई सकिएको थियो । अहिले पानीको अभावमा धान पहेंलो हुन थालेपछि किसानहरु चिन्तित बनेको पाल्हीनन्दन गाउँपालिकाका किसान धु्रवनारायण बनियाँले बताएका छन् ।

धान नेपालको प्रमुख खाद्यान्न वाली हुनुका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने वाली भएपनि पानीको अभावमा यस वर्ष धान कम उत्पादन हुने किसानको गुनासो छ ।

प्रकाशित मिति: सोमवार, साउन २, २०७९