बिहिबार, चैत्र १५, २०८०

डोटीमा तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

काठमाडौँ । डोटीमा महिनैपिच्छे खानेतेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ । मूल्यवृद्धिसँगै उपभोक्ताले दैनिक आवश्यक पर्ने साग, तरकारीदेखि खानेतेलसमेत किन्न सकेका छैनन् ।

यहाँका विपन्न परिवारलाई साँझ–बिहान खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको दिपायल पिपल्लाका सोनु कामीले बताए । उनले भने, “मूल्यवृद्धिका कारण दैनिक आवश्यक पर्ने तेल, तरकारी किन्न सक्ने अवस्था पनि भएन, हामी गरिखाने वर्ग मारमा प¥यौँ ।” सोनुका अनुसार डोटीका पसलहरूमा खानेतेल, साग र तरकारीको मूल्य महिनैपिच्छे वृद्धि हुँदै गइरहेको छ ।

दिपायल बजारमा प्रतिलिटर खानेतेलको मूल्य रु ३ सय ६० सम्म पर्ने गरेको उपभोक्ताले गुनासो गरेको छ । गेलभेँडाको मूल्य बढेर अहिले १ सय ६० पुगेको छ । आलु प्रतिकिलो १ सय, भिन्डी ७०, काउली ९०, रायोको साग मुठाको रु ५०, लौका र फर्सी एक किलोको रु ४० देखि ५० पुगेको स्थानीयवासी दीपकबहादुर साउदले बताए । तरकारी र तेलको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका स्थानीयले गुनासो गरेका छन् ।

 

प्रकाशित मिति: आइतवार, साउन १, २०७९