बिहिबार, बैशाख १३, २०८१

कृषि तथा पशुपन्छी विकास मन्त्री फेरिए एउटा यादव गए अर्को यादव आए

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी, एकीकृत समाजवादी जसपा लगायतको गठवन्धनको सरकारमा पटक पटक मन्त्रीमण्डलका सदस्यहरु हेरफेर भएको छ । भागबण्डाका आधारमा गरिने मन्त्री फेरवदलले दिर्धकालिन काममा भने अवरोध हुने गरेको देखिन्छ ।

यद्यपी प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धाना ७६ को उपधारा ९ तथा तथा ७८ को उपधारा ७८ को उपधारा १ बमोजिम मन्त्रीमण्डलका सदस्यमा हेरफेर गरेकी छिन् ।

मन्त्री फेरवदलका क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई हटाएर उनको ठाउँमा जसपा कै मृगेन्द्रकुमार सिंह यादव नियुक्ति भएका छन् ।

प्रकाशित मिति: सोमवार, असार २०, २०७९