शनिबार, बैशाख ८, २०८१

आजा असार १५, धान दिवस विभिन्न कार्यक्रम, महोत्सव गरी रोपाँई गर्दै

काठामाडौँ । पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित १७औं असारे रोपाइँ महोत्सवको उद्घाटन समारोहका सहभागीहरु ।

ललितपुरको इमाडोलमा धानको विउसँग रमाउँदै बालिका ।

कृषि ज्ञान केन्द्र कैलालीको आयोजनामा धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस समारोहमा सुदूरपश्चिमका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरी बीचमा लगायतलाई धानको बेर्नाको माला लगाएका छन् ।

भक्तपुर सूर्यविनायक नगरपालिकाको सिरूटारमा बुधबार अखिल नेपाल महासंघ,उपत्यका समन्वय समितिद्वारा आयोजित १९ ओैँ राष्ट्रिय राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसमा मेसिनबाट धान रोप्दै नेकपा एमालेका अध्यक्ष । 

कृषि ज्ञान केन्द्र लमजुङ र बेँसीसहर नगरपालिकाको कृषि शाखालगायतको संयुक्त आयोजनामा बुधबार बिहान बेँसीसहरमा १९औँ धान दिवसको अवसरमा आयोजित धान दिवस कार्यक्रममा बेँसीसहरको दनाईफाँटमा धान रोप्दै जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुनाकुमारी रिमाल, यस नगरका नगरप्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडालगायत ।

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरी कृषि ज्ञान केन्द्र कैलालीको आयोजनामा धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै ।

 

रासस

प्रकाशित मिति: बुधबार, असार १५, २०७९