बिहिबार, चैत्र १५, २०८०

बाह्रबिसेमा हिमाली आलुको बीउ उत्पादन गर्दै

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा लेकाली आलुको बीउको व्यावसायिक उत्पादन गर्न थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक रुपमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका हुन् ।

बाह्रबिसे नगरपालिका पशु शाखाका पीताम्बर घिमिरेका अनुसार सङ्घीय सरकारको सर्शत अनुदान २६ लाखको बजेटमा आलुको बीउ उत्पादन गरिएको हो । नगरले बीउ उत्पादनका लागि कृषक समूहका लागि सूचना प्रकाशित गरेका थिए । उक्त सूचनाअनुसार ‘श्री तपाईं हाम्रो नमुना साना किसान सहकारी संस्था लिमिटेड’ को सेतीदेवी कृषि समूहले आलुको बीउ उत्पादन खेती गर्न जिम्मा पाएको थियो ।

आलु उत्पादन गर्न दुई वटा ट्याक्टर, मल, बीउ, कामदार, विषादी, कृषि भवनमा रकम खर्च भएको घिमिरेले बताए । स्थानीय कृषि सहकारीकै फार्म समूहले जिल्लामै उत्कृष्ट प्रजातिको आलु मानिने शैलुङ र मुडेबाट २७ मुरी आलु ल्याएर बीउ उत्पादन थालिएको घिमिरेले जानकारी दिए । यसअघि माघको अन्तिममा शैलुङ र मुडेमा उत्पादित आलु ल्याएर रोपिएकोमा आहिले सुरुवाती चरणमा तीन सय टन आलु उत्पादन भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमवार, असार १३, २०७९