बिहिबार, चैत्र १५, २०८०

मनाङका किसानलाई खेती भित्र्याउ भ्याइनभ्याइ

काठमाडौँ । हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् ।

तल्लो मनाङका भेगमा चैतमा लगाइएको बाली वर्षायामसँगै गहुँ, करु काटेर अहिले भित्र्याउन लागेको नासो गाउँपालिका–८ ताचेका कृषक हुमजङ्ग गुरुङले बताएका छन् । उनले भने । मनाङ हिमाली जिल्ला हो । यहाँ धान उत्पादन हुँदैन । हाम्रो मुख्य बाली भनेकै मकै, फापर, उवा, करु र गहुँ हो । अहिले तल्लो मनाङमा वर्षायाम सँगै गहुँ, करु काटेर भित्र्याउँदै छौँ । यसका साथै आलुखेती गरेकाले पनि अहिले स्याहर्दै आएको बताए ।

जिल्लामा अन्य समयमा हिउँले सेताम्य हुने यहाँ अहिले करु र गहुँ पाकेर पहेंलपुर अवस्थामा रहेको छ । बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । चामे गाउँपालिकाको थानचोक, तिमाङ र चामे, नासो गाउँपालिकाकाको ताचै, तिल्चे र नाचेका किसानले सो खेती भित्र्याउन थालेका हुन् ।

गत वर्षको असार महिनामा मनाङमा अविरल वर्षापछि आएको बाढी, पहिराले भौतिकरुपमा ठूलो क्षति पु¥याएको थियो । करु भित्र्याउनका लागि गाउँभरिमा किसान परम्परागत शैलीमा अर्मपर्म गर्दै समूह बनाएर काम गरिहेका छन् । हिमालमा धेरै पानी पर्दैन । तर पछिल्लो समय हिमाली जिल्ला अत्यधिकरुपमा पानी पर्दा बाढी र पहिरो जाने गरेको छ ।

वर्षापछि आएको पहिराले अवरुद्ध भएको राष्ट्रिय प्रसारणको लाइन अहिलेसम्म पनि जिल्लामा उचितरुपमा मर्मत नहुँदा किसानहरु मारमा परेका छन् । किसानले आफूहरुसँग भएका कृषि औजार पनि बाली भित्र्याउने बेलामा विद्युत्का कारण प्रयोगमा ल्याउन नसकेको गुनासो गरेका छन् । तल्लो मनाङमा अहिले खेती थन्क्याउने समय भएको छ भने माथिल्लो मनाङमा खेती लगाउने समय भएको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९