बिहिबार, चैत्र १५, २०८०

एक हजार ५० मिटर उचाइमा चैते धानखेती सफल

काठमाडौँ । म्याग्दीमा रणवाङ समुन्द्री सतहदेखि १ हजार ५० मिटरको उचाइमा चैते धानखेतीमा सफल भएको छ । मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल हुँदा किसानहरु खुसिभएका छन् । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उनले भने , बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।

करिब तीन रोपनी क्षेत्रफलमा लगाएको धानको बाला राम्रो लागेको र पाकेर भित्र्याउने तयारी गरेको किसान मल्लले बताए । बर्खामा लगाउने गौरी, जेठोबुढो जत्तिकै उत्पादन भएको उनको भनाइ छ । माघको अन्तिम सातामा धुले ब्याड राखेर जमाएको धान चैत १२ गते रोपिएको बताए ।

सम्मा फाँट भएको यहाँ हालसम्म वर्षमा एकबाली मात्र धान खेती हुन्छ । मङ्गला गाउँपालिकाको कृषि शाखाका प्रमुख तारा बानियाँ जगतले पालिका क्षेत्रमा रणवाङमा पहिलो पटक चैते धान उत्पादन भएको बताए । बर्खे धान जत्तिकै पुष्ट दाना र पराल सफा भएको मल्लले बताए ।

“सम्भव नहुने ठानेर चैते धानको खेतीतर्फ कसैको ध्यान पुगेको थिएन”, उनले भने, “परिक्षण सफल भएकाले चैते धानखेती विस्तारको कार्यक्रम बनाउँछौ ।” तराइ, भित्री मधेश र केही पहाडी जिल्लामा चेतै धान खेती हुने गरेको छ ।

बेनी नगरपालिका–१ को ढोडेनी, सारेमारे र सिममा मात्र चैते धानखेती हुने गरेको थियो । रणवाङ भन्दा केही कम उचाइमा अवस्थित पिपलबोट, सेराफाँटका कृषकले केही वर्षअघि चैते धान खेतीको प्रयास गर्दा सफल भएको थिएन् । सिँचाई सुविधा भएकाले रणवाङमा चैते धान खेती गर्न सम्भव भएको हो ।

हावापानी, तापक्रम र मौसम अनुकुल भएकाले चैते धान खेती सफल भएको कृषक मल्लले बताए । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले चैते धानखेतीको सम्भाव्यता अध्ययन गरिने बनाउने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ८, २०७९