शुक्रबार, बैशाख ७, २०८१

दैनिक दुध बेचेरै नै ७५ हजार आम्दानी

काठमाडौँ । अर्घाखाँचीका किसानले दैनिक दुध बेचेर नै ७५ हजार रुपयाँ आम्दानी गदै आएका छन् । रुपन्देहीको तिलोत्तमामा बासु भुसाल व्यवसायीक पशुपालन गरेर आम्दानी गर्दैआएको बताउछन् । पूर्णकालिन ईलेक्ट्रीकल ईन्जीयर रहेका भुसालले पशुपालन व्यवसायबाट मनग्य आम्दानी पनि गरेका छन् ।

भुमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ्ग स्थायी घर भई अहिले बुटवलमा बस्दै आएका युवा व्यवसायी भुसालले गाई र भैसी पालेरै दैनिक ७५ हजार भन्दाबढी रुपियाँको दुध विक्री गरेको बताउछन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर–१० कान्छी बजारमा कामधेनु क्याटल ब्रिडीङ एण्ड रिसर्च सेन्टर प्रालि स्थापना गरेका उनको फार्ममा अहिले साना ठूला गरेर गरेर १ सय ५ गाई र भैसी छन् । तीन बर्षअघि स्थापना गरेको उनको फार्ममा रहेको उन्नत होलिस्टीन जातको एउटै गाईले दैनिक ६५ लिटरसम्म दुध दिदै आएको बताए ।

फार्ममा ८ जना कामदारलाई प्रत्यक्ष रुपमा रोजगार दिएका उनले दैनिक ११ सय लिटर दुध उत्पादन गरी विक्रि गर्दै आएको छ । उनले आफ्नो फार्मको दुध हाल पवन मिष्ठान्न भण्डार भैरहवा, बुटवलको पवित्रा डेरी र अन्य स्थानीय डेरीहरुले खपत गर्दै आएको बताउछन् ।

गाईलाई दाना र साईलेज बढि मात्रामा प्रदान गर्दै आएकोमा भैसीलाई भने घाँस खेतीमा आधारित रहेर पालन गरेको उनको भनाइ छ । युवाले स्वदेशमै केही काम गर्नुपर्छ भन्ने सोचका साथ म पशुपालन क्षेत्रमा लागें मिहेनत गरे पैसाको हिसाबै हुन्न । हालसम्म र्फाममा ४० लाख भन्दा बढी लगानी गरिसकेको छु । महिनामा १५ लाखभन्दा बढि आम्दानी हुन्छ । खर्च कटाएर पनि आधा रकम बच्छ,’ उनले सुनाए ।

एउटै गाइले ६५ लिटरसम्म दुध दिने गरेको र ६५ रुपियाँ प्रतिलिटर बेच्ने गरेको भन्दै उपभोत्ताले भने बजारमा प्रतिलिटर ९० रुपियाँ तिर्ने गरेको बताए । निकट भविश्यमा गाईको संख्या बढाएर दुई सय पुर्‍याउने र फार्मलाई रिसर्च सेन्टरका रुपमा विकास गर्ने भुसालको योजना रहेको बताए । फार्म खोल्ने तयारी गरेकाहरुले पनि कामधेनु मै पुगेर सोधपुछ गर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९