बिहिबार, चैत्र १५, २०८०

असारको पहिलो साता बित्दा पनि पानी छैन, बोरिङको पर्याप्त भएन’

काठमाडौँ । कैलालीका किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड गर्मी त्यसैमाथि, वर्षा नभएका कारण खेती गर्न समस्या भएको हो । अत्यधिक गर्मी र सिँचाइ कुलामा पानी नभएपछि टीकापुरका परमभक्त देवकोटाको खेतमा राखएिको धानको बीउ बिग्रियो ।

यहाँका किसानहरुले विगतमा जेठ मध्यतिर खेत रोप्ने गथ्र्यौ । अहिले असारको पहिलो साता बित्नै लाग्दा पनि बर्सात सुरु नभएपछि रोपाइँ त परै जाओस् बीउसमेत राम्ररी बिउ उमार्न पनि सकेका छैनन् । उनले भने मैले जेठ मध्यतिर राखेको धानको बीउ सुकेर बिग्रियो, बीउ राम्रो नभएपछि फेरि बीउ छरेको छु”, उनले भने, “सिँचाइ कुलामा पानी आएको छैन, बोरिङको पानी पर्याप्त भएन । यस वर्ष खेती गर्ने समयमा बीउ छरेका छौँ । खै कस्तो हुन्छ ?

किसान वीरबहादुर चौधरीले तीन दिनअघि खेत रोपाइँ सुरु गरेका छन् । कुलामा पानी आउने आशा राखेर उनले बोरिङ मोटरबाट खेती रोपाइँ सुरु गरेका थिए यो तर अहिले उनको रोपाइँ नै बन्द भएको छ । अत्यधिक गर्मीले कुलामा समेत पानी सुकेको र बोरिङ मोटरबाट खेती गर्न सम्भव नभएकाले उनले रोपाइँ नै स्थगित गर्नुपरेको हो । “मोटरको सहयोगमा राखिएको बीउ तयार भएको छ । अब ढिलो हुन्छ भनेर रोपाइँ सुरु ग¥यौँ तर पानी अभावमा गर्न सकिएन”, उनले भने, “बर्सात नभएका कारण खेत सुक्खा छ, बोरिङको सिँचाइ एकैछिनमा सुक्खा हुन्छ, वर्षा नभएसम्म खेती गर्न गाह्रो भएको बताए ।

किसान चित्रबहादुर चौधरी पनि रोपाइँ सुरु गर्ने तर्खरमा रहेका छन् । धानको बेर्ना राखेको महिना दिन पुग्न लाग्दा पनि कुलामा पानी नहुँदा उनले अहिलेसम्म रोपाइँको सुरसार गर्नसकेका छैन् । किसानले सामान्यतया बेर्ना २१ देखि ३० दिनसम्म खेतमा रोपी सक्ने गर्छन् । कुलामा पानी नहुँदा राखेको ब्याड अहिलेसम्म रोपी सक्नुपर्ने भएता ब्याड छिपिँदै गइरहेको चित्रबहादुरले गुनासो गरेका छन् । “किसानलाई सबैभन्दा बढी समस्या छ । न मल पाइएको छ, न सिँचाइ सुविधा छ”, उनी भन्छन् । यस्तो समस्यामा सबैभन्दा बढी पीडा किसानलाई छ ।”

कतिपय किसानले मोटरबाट सिँचाइ गरेर खेती सुरु गरे पनि सम्भव नहुने किसान मानबहादुर चौधरीले बताए । सबैतिर नदीमा पानीको सतह कम भएको र मोटरबाट खेतमा पानी लगेर सिँचाइ गर्दा घण्टौ समय लाग्ने गर्छ । यसले किसानलाई थप समस्या भएको छ । बर्सात नहुँदासम्म सिँचाइका लागि बोरिङ मोटरमा पनि राम्ररी पानी नआउने समस्या भएको मानबहादुरले गुनासो सुनाए ।

कैलाली जिल्लामा मात्रै ७१ हजार हेक्टर क्षेत्रफलमा धानखेती लगाईन्छ । धानखेती हुने क्षेत्रफलमा सबैतिर सिँचाइ सुविधा हुँदैन । कतै नदी, कुलाबाट सिँचाइ हुन्छ भने कतै बोरिङ, मोटर र आकाशे पानीको भरमा खेती हुन्छ तर यस वर्ष कैलालीमा बर्सात नहुँदा किसानले रोपाइँ सुरु गरी सक्नुपर्ने धान खेत अहिलेसम्म बाँझै छन् ।

जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी अत्यधिक गर्मी र मौसममा आएको परिवर्तनका कारण खेतीमा असर गरेको र किसानले मौसम नहेरी छिटो बीउ छर्दा राम्ररी नहुर्केको बताउछन् । किसानले विगतलाई हेरेर बीउ छरेपनि मौसममा आएको परिवर्तनका कारण किसानले राखेको बीउ समेत बिग्रिएको चौधरीले गुनासो गरेका छन् ।

प्रकाशित मिति: सोमवार, असार ६, २०७९