बिहिबार, बैशाख १३, २०८१

मूल बीउ उत्पादनका लागि आठ करोड, एक स्थानीय तह एक बीउ श्रोत केन्द्र सुरु गर्ने

काठमाडौँ । कञ्चनपुरको पुर्नवास नगरपालिकामा एक स्थानीय तह एक बीउ श्रोत केन्द्र’ स्थापना गर्ने कार्यक्रम अन्र्तगत मूल बीउ उत्पादन गरिने भएको छ । नगरपालिकामा क्षेत्रमा रहेको ७४ बिघा जग्गामा हिउँदमा तथा वर्षायाममा मूल बीउ उत्पादनको कार्य हुने छ । मूल बीउ उत्पादनका लागि प्रदेश सरकारले आब ०७९/०८९ को बजेटमा ८ करोड बजेट विनियोजन गरेको छ ।

आब ०७९/०८९ को बुधवार बक्तव्य जारी गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले कृषिको आधुनिकरण र उत्पादकत्वमा वृद्धि गर्नका लागि मूल बीउ उत्पादनमा जोड दिईएको बताएका छन् ।

धान चामलको आयात प्रतिस्थापन गर्न धान उत्पादन वृद्धि गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरेका छन् । एक खेतमा तीन बाली उत्पादन वृद्धि गरौँ यसपाली’ भन्ने नारा साथ किसानको खेतीयोग्य जमिनमा वषौैँ भरी सिँचाइको सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्न कृषक समूह, सहकारी मार्फत प्रदेशमा १ हजार ६ सय बोरिङ, ४ सय कुलो र पोखरी निर्माण गरिने प्रदेशसभामा प्रस्तुत गरिएको बजेट बक्तव्यमा जानकारी गराएको छ । सिँचाइ तथा कृषि यान्त्रीकरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।

करिब तिन करोड बजेट बिनियोजन गरिएको सुदूरपश्चिम क्षेत्रका महत्वपूर्ण पर्यटकीय क्षेत्र खप्तड, रामासोशन, बडिकेदार, वैद्यनाथ धाम क्षेत्रसँगै कञ्चनपुरको लालझाडी गाउँपालिकालाई राना थारु साँस्कृतिक पर्यटकीय गाउँका रुपमा विकास गरिने भएको छ ।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री रावलले बेलौरी कलुवापुर नाइल बुडर निर्माण गर्न, कुवापुर बेलौरी सडक निर्माण गर्न, महाकाली नदीमा जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन सर्भेक्षण तथा विकासका लागि बजेटको यथोचित व्यवस्था मिलाइएको बताएका छन् ।

सिकलसेल एनिमिया, हेमोफिलिया, एनिमिया, थालासेमियाजस्ता रोगको उपचारको लागि निःशुल्क परीक्षण र औषधि कैलालीको सेती, टीकापुर र कञ्चनपुरको महाकाली अस्पतालमा उपलव्ध गराउने व्यवस्था मिलाईएको बजेट बक्तव्यमा भनिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा बहुउद्देश्यीय कभर्ड हल, निर्माण गरिने छ । कृष्णपुरको रैकवारमा प्रहरी चौकी भवन निर्माण गर्ने, पुर्नवासमा स्थापना गरिएका सशस्त्र प्रहरीका सीमा सुरक्षा पोष्ट बिओपीको भौतिक पूर्वाधार सुधार गरिने भएको छ । कञ्चनपुरको मझगाँउ विमानस्थल विस्तार कार्यक्रमा आफनो लागत साझेदारी रहने जानकारी दिइएको छ ।

एक जिल्ला एक नमूना क्याम्पस’ कार्यक्रम अन्र्तगत महाकाली बहुमुखि क्याम्पस बेलौरीको नमूना क्याम्पसका रुपमा स्तरोन्नती गरिने भएको छ । बेदकोट अस्पताल भवन निर्माण गर्नका लागि रु ४८ करोड ८३ लाख बजेट विनियोजन गरएको छ ।

प्रकाशित मिति: बिहिबार, असार २, २०७९