बिहिबार, बैशाख १३, २०८१

मल आउनै बाँकी, मनसुन सक्रिय भएसँगै रोपाइँ सुरु

काठमाडौँ । झापामा जिल्लामा मनसुन सक्रिय भएसँगै धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जानकारी गराएको छ ।

कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका ४ जिल्लाका लागि १ हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताएका छन् । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो मात्रामा विर्तामोड कार्यालयलाई मल पठाउने पत्रचार गरेको जानकारी दिइएका छन् ।

उनले भने यही हप्ताभित्रमा मल आउँदैछ । उनहाँले झापाका लागि ८ सय ५०, इलामलाई १ सय, पाँचथरमा ७० र ताप्लेजुङका लागि ३० मेट्रिक टन मल आउने जानकारी गराएको छ । प्रमुख भट्टराईले कार्यालयमा आएको मललाई कुन पालिकामा कति र कसरी पठाउने भन्नेबारे कृषि ज्ञान केन्द्रसँगको परामर्शमा वितरण गरिने बताए । १५ वटा पालिका रहेको झापामा भने एउटा पालिका बराबर १ हजार १ सय ३० बोरा मल मात्र भागमा पर्ने उनको भनाइ छ ।

झापामा कृषियोग्य जमिनमध्ये ८८ हजार ५ सय हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले हाल जिल्लामा ९ हजार मेट्रिक टन डिएपी मल आवश्यक रहेको बताउदै रोपाइँ सुरु भइसक्यो, यही बेला किसानलाई डिएपी मल चाहिएको छ । झापाका लागि तोकिएको मात्राले त एउटा पालिकालाई पनि नपुग्ने गुनासो पोखेका छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ३१, २०७९