बिहिबार, बैशाख ६, २०८१

कृषि मेशिनरी संघको साधारण: अर्थमन्त्री भन्छन्, कोदालोको बीँड बनाऊ

काठमाडौं । कृषि मेशिनरी व्यवसायी संघको छैठौं साधारण सभा सम्पन्न भएको छ । राजधानीमा आयोजित साधारण सभामा देशभरका कृषि मेशिनरी आयातकर्ता, विक्री वितरणहरुको उपस्थिति रहेको थियो । साधारण सभा कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि मेशिनरी व्यवसायीहरुलाई विदेशबाट मेशिन आयात गर्ने भन्दा पनि नेपालमा नै कृषि यन्त्रहरु निर्माण गर्न आग्रह गरेका थिए ।

उनले नेपालमा उत्पादन हुन सक्ने कृषि यन्त्रलाई नेपालमा नै उत्पादन गर्न जोड दिँदै व्यवसायीहरुलाई अरु केही नभए पनि कोदालोको बीँड बनाएर विक्री वितरण गर्न समेत निर्देशन दिएका थिए ।

‘विदेशबाट कृषि यन्त्र उपकरणका नाममा जस्तो पनि सामान आयात गर्नु भन्दा नेपालमा नै निर्माण हुन सक्ने साना साना सामाग्री कृषि यन्त्र उत्पादन गर्न अर्थमन्त्री शर्माले जोड दिएका थिए ।

उनले नेपालमा कुटो कोदालोको बीँड समेत आयात गर्नु पर्ने भएकाले नेपालमै बीँड बनाउर विक्री वितरण गर्न व्यवसायीालई आग्रह गरेका थिए । नेपाल सरकारले नेपालमा उत्पादन हुन सक्ने बस्तुहरुको उत्पादनका लागि कच्चा पदार्थ आयात गर्नका लागि भन्सार छुट दिने भएपनि नेपालमा उत्पादन हुन सक्ने कृषि यन्त्री आयात गर्नु परे छुट कुनै हालतमा नदिने बताए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २३, २०७९