बिहिबार, चैत्र १५, २०८०

असफल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्व ९० करोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा नेपाल सरकारको पूर्ण लगानीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि सरकारले आगामी वर्षका लागि ५ अर्व ९० करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सो रकम विनियोजन गरिएको हो ।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना सहित सञ्चालित सो आयोजना शुरुदेखि नै विवादित आयोजनाका रुपमा चिनिँदै आएको छ । सरकारी स्वामित्मा रहेर पनि असफल परियोजनाका रुपमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना विनियोजित रकम वास्तविक किसानसम्म पुग्न सक्ने अवस्था नभएको विगत वर्षका कार्यक्रमहरुले नै पुष्टि गरेको छ ।
यो आयोजना कार्यकर्ताहरु पोसाउने र अनुदान उपलबध गराउने सरकारी अड्डाका रुपमा विकसित हुँदै गईरहेको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १६, २०७९