शुक्रबार, चैत्र १६, २०८०

जुनार खेतीमा बीमा लागु

काठमाडौँ । रामेछाप जिल्लामा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू भएको छ । कृषिमा सरकारले ८० प्रतिशत बीमामा अनुदान दिने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि नेपालमा कृषि बीमा प्रारम्भ भएकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले रामेछाप जिल्लाका किसानको जुनार खेतीमा बीमा गरिदिएको हो ।

रामेछापलाई जुनारको पकेट क्षेत्रको रुपमा लिईन्छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालभर ११ करोड ३४ लाख अनुदान उपलब्ध गराइएको छ । परियोजनाले आइएमइ जनरल यन्स्योरेन्स लिमिटेडमार्फत रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ किसानको ६०० बोट जुनारको बीमा गरीएको छ । किसानको बगैँचामा लगेर बीमा लेख हस्तान्तरण गरेको हो । बीमा गर्नुअघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाइ प्रमुख थिरलाल गैरेले जानकारी दिएका छन् । उनले जुनार बगैँचामा रोग लाग्न नदिन टोली बनाएर विषादी छर्ने व्यवस्था गरिएको जानकारी दिए ।

बीमामार्फत आगलागी, चट्याङ भूकम्प, अधिक वर्ष बाढी, पहिरो खडेरी आँधी, बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक बाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने र नोक्सानी भएमा अधिकतम बीमा रककमको सिमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी हुने आइएमइ जनरल इन्स्योरेन्स जिल्ला प्रमुख विपिन भट्टराईले जानकारी मको सिमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी हुने आइएमइ जनरल इन्स्योरेन्स जिल्ला प्रमुख विपिन भट्टराईले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख ११, २०७९