शुक्रबार, बैशाख ७, २०८१

लुम्विनी प्रदेश कृषि मन्त्रालयका सचिव वैकुण्ठ अधिकारी विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौं । कृषि यान्त्रिकीकरण अनुदान सहयोगमा भ्रष्टाचार गरेको आरोपमा लुम्विनी प्रदेश कृषि मन्त्रालयमा सचिव वैकुण्ठ अधिकारी विरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बुटवलले कृषि यान्त्रिकीकरण कार्यक्रम अन्गर्तत आर्थिक वर्ष २०७५/७६ मा किसानलाई उपलब्ध गराएको कृषि यन्त्र आपूर्ति गर्ने क्रममा आधुनिक कृषि संसार प्रालि चितवनलाई मापदण्ड विपरित यन्त्र वितरण गरी अनियमितता गरेको आरोप विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार किसानलाई भारतीय कम्पनीको यन्त्र उपकरण उपलब्ध गराउने फारम भर्न लगाई सोही अनुसार रकम लिएको तर आधुनिक कृषि संसार प्रालिसँगको मिलेमतोमा मिनी टिलर र अन्य उपकरण चाईनिज कम्पनीको वितरण गरी आर्थिक अनियमितता गरेको पाईएको छ ।

मन्त्रालयले प्रदेशबाट सञ्चालन गरिएको कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाएको दोहोरो बिलको भुक्तानी लिने दिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी हानि पुर्‍याएको ले आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर हो ।

प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी भुक्तानी दिएको आरोप लगाईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्झौतापत्रमा उल्लेख भएबमोजिम वितरण गर्नुपर्ने यन्त्र उपकरण खरिद नगरी कम गुणस्तरको मोडेलको १७ वटा र मोडेलको १२ वटा मिनि टिलर खरिद गरेका थिए ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ६, २०७९