शुक्रबार, बैशाख ७, २०८१

जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी

काठमाडौँ । व्यास नगरपालिका ४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म छ । बाख्रा फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँने गरेको बताएको छ ।

जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो सन्देश मिल्न सक्छ बतार्एका छन् । शुरुमा डेढ लाख लगानी गरी आठ वटा बाख्राबाट शुरुवात गरेका अधिकारी दम्पत्ती फार्ममा १०० को हाराहारीमा बोयर जातका बाख्रा रहेका बताएका छन् । बाख्रा फार्ममा अधिकारी दम्पत्तीसँगै अन्य ३ जनाले प्रत्यक्ष रोजगारी पनि पाएको बताएका छन् ।

दिउँसो एउटा खोरमा र राती अर्को खोरमा बाख्रा राख्ने व्यवस्था मिलाइएको देवीप्रसादले बताएका छन् । बाख्रा फार्ममा दुई कुकुरसमेत परिचालन गरिएको छ । बाख्रा पालनका लागि आफ्नो २४ रोपनी र १२ रोपनी जग्गा भाडामा लिएर घाँस खेती गरिएको र डाले घाँस र नेपियरलगायतका घाँस लगाइएको बताएका छन् । गङ्गादेवी बाख्रा फार्मका नाउँमा दर्ता गरी व्यवसायिक बाख्रा पालन थालिएको छ । उक्त फार्म अधिकारीकी बुहारी गायत्रीका नाउँमा दर्ता गरिएको छ । गायत्रीको पसल रहेकाले फूर्सदको समयमा फार्मको रेखदेखसमेत गर्दै आएको बताए ।

हालसम्म बैकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब १ करोड लगानी भएको बाख्र फार्म सञ्चालकले बताएका छन् । उनका छोरा नारायणप्रसाद दमौली कारागारका जेलर रहेका छन् । उनले कार्यालयको कामबाहेक बिदाको दिन बिहान बेलुकाको समयमा फार्मको रेखदेख गर्दै आएको बताएका छन् ।

बुबा आमाको पुख्यौली पेशा नै पशुपालन भएकाले अन्य व्यवसायभन्दा पशुपालनमा लगानी गरिएको उनी बताउछन् । शुद्ध १०० प्रतिशत बोयर जातका २ बोका, शुद्ध बोयर पाठी १ वटा फार्ममा रहेका छन् । ७५ प्रतिशत बोयरमा ४३ वटा माउ, ७५ प्रतिशत बोयरका २५ पाठी र २३ पाठा रहेका छन् । अष्टे«लियाबाट ३ लाख मूल्यमा १ बोका खरीद गरेर ल्याएको अधिकारीले बताएका छन् ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग १ पोखराको २० लाख ५० हजार अनुदानको हालै मात्र सम्झौता गरिएको छ । अबका दिनमा प्रजनन् कार्यलाई जोड दिँदै जतिसक्दो मासु धेरै उत्पादनतर्फ केन्द्रित रहेको फार्म सञ्चालक अधिकारी बताइएका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख ४, २०७९