शुक्रबार, चैत्र १६, २०८०

नेपाल कृषि महासंघको नयां कार्य समिति चयन

काठमाडौं । कृषि क्षेत्रका पेशागत तथा विषयगत समितिहरुको छाता संस्थाका रुपमा रहेको नेपाल कृषि महासंघको आठौं साधारण सभाले शिव सुन्दर श्रेष्ठको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । शुक्रबार भएको साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा मोहन बहादुर थापा, महासचिबमा तेज बहादुर सुबेदी, सचिवमा हिक्मत कुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रज्ञा श्रेष्ठ, सदस्यहरुमा डिलाराम भण्डारी, ,योगेन्द्र कुमार कार्की, जानुका पण्डित, देवेन्द्र प्रसाद यादब,सावित्री बराल, शम्भु कुमार श्रेष्ठ, देवकी श्रेष्ठ, रमानन्द मिश्र, परशु राम अधिकारी र सुर्यप्रसाद बराल चयन भएका छन् ।

कार्यक्रममा बरिष्ठ बागवानी बिज्ञ शिव बहादुर नेपाली प्रधानले कृषि क्षेत्रको बिकासको लागि आफ्नो सोच प्रस्तुत गरेका थिए भने तेज बहादुर सुबेदीले गत आर्थिक बर्ष कृषि बिभाग र महासंघको संयुक्त आयोजनामा आयोजित विभिन्न गतिविधहरुका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिवद्धय डा गोबिन्द प्रसाद शर्मा, दाहाल पाण्डे शुभकामना व्यक्त गरेका थिए भने बिषयगत समितिहरुको तर्फबाट पूर्व सचिब डा योगेन्द्र कुमार कार्कीले आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत्र २६, २०७८