मङ्लबार, बैशाख ४, २०८१

सञ्चारकर्मी माझ कृषि प्रविधिका बारेमा छलफल

काठमाडौं समशितोष्ण बागबानी केन्द्र किर्तिपुरले सञ्चारकर्मीहरुसँग प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कृषि प्रविधिका विषयमा कलम चलाउने सञ्चारकर्मीहरुलाई कृषि प्रविधिको बढ्दो आकर्षण, प्रयोग, समस्या लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाले पछिल्लो समय कृषि योग्न जमिनहरु क्रमश घट्दै गईरहेको जानकारी दिँदै ३१ वर्षपछि गुल्मीमा भने कृषि योग्य भूमि थप भएको जानकारी दिए ।

कृषि विभागकी उपमहानिर्देशक डा .शान्ता कार्कीले सहि प्रविधि हस्तान्तरणका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले पनि कृषि सञ्चारगृहहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्ने धारणा राखेकी थिईन ।

त्यस्तै कृषि सूचना तथा प्रशिक्षण केन्द्रका उपसचिव शम्भु देवले कृषि विकास मन्त्रालयले सरकारी र निजी सञ्चार गृह आफ्नो प्रतिष्पर्धीका रुपमा लिन नहुने बताए । उनले नेपालमा उत्पादन भएका कृषि उपजहरु ब्राण्डिङ्ग गरेर मात्र विदेश निर्यात गर्नु पर्ने बताए ।

कार्यक्रममा बागबानी विज्ञ गोपाल प्रसाद श्रेष्ठले बजारले मागकेो प्रविधि दिन नसकेको चर्चा गर्दै प्राविधिक कर्मचारीहरुले गलत प्रविधिका विषयमा जति सुकै दवाव आएपनि आफ्नो पेशाालाई मर्यादित बनाउन त्यस्ता दवावसँग सामना गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपालमा कृषि सञ्चारको अवस्था र कृषि सञ्चारको संकट समाधानलाई समेत समेटेर नेपाल कृषि पत्रकार महासंघका अध्यक्ष वैकुण्ठ भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । भने आयोजक संस्था समशितोष्ण बागबानी केन्द्रको प्रमुख सुर्यप्रसाद बरालले नेपालको बागबानी क्षेत्रको अवस्थाका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति: शनिबार, चैत्र २६, २०७८