बुधबार, बैशाख १२, २०८१

लिलावती खोलामा पाँच हजार माछाका भुरा छाडियो

काठमाडौँ । काभे्र जिल्लाको पनौती नगरपालिका स्थित लिलावती खोलामा पाँच हजार माछाका भुरा छाडेका छन् । नगरपालिकाले माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय लिलावती खोलामा विभिन्न जातको ५ हजार माछाका भुरा छाडेको छ । उक्त खोलाअन्तर्गत आज नगरको वडा न १, २ र ३ नम्बरका विभिन्न स्थानमा माछाका भुरा छाडिएको हो ।

खोलामा राहु, नैनी र असला जातको माछाको भुरा छाडिएको नगरको कृषि तथा पशुपक्षी शाखाले जानकारी गराएको छ । नगरप्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बञ्जारा र वडाध्यक्ष गुणनाथ सापकोटालगायतले संयुक्तरूपमा खोलामा माछाका भुरा छाड्ेका छन् । नगरप्रमुख न्यौपानेले पर्यावरण र जैविक विविधताको संरक्षण तथा चराको आहारका लागि उक्त खोलामा माछा छाडिएको बताइएका छन् ।

करेन्ट र विषादीको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका लिलावती खोलामा माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा छोडिने योजना बनाइएको बताए । उक्त नगरको फुल्चोकी क्षेत्र ‘बर्ड, हव’ भएकाले माछाका कारण चराको सङ्ख्यामा वृद्धि हुनेसमेत अपेक्षा गरिएको बताएका छन् ।

शाखा प्रमुख मणिप्रसाद सापकोटाका अनुसार उक्त खोलामा अध्ययन गरी चितवनबाट ल्याइएको तीन जातका माछाको भुरा छाडिएको छ । उनले उक्त खोलामा फोहर फाल्न, वडा कार्यालयको सिफारिसबिना ढुङ्गा तथा गिट्टी निकाल्नसमेत निषेध गरिएको बताएका छन् । अहिले ‘फिङ्गर साइज’मा छाडिएको माछा १ वर्षसम्म मार्न नदिइने जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र २४, २०७८