शुक्रबार, बैशाख ७, २०८१

गाउँपालिकाले बाख्रापालक किसानलाई अनुदान वितरण्

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाले बाख्रापालक  किसानलाई अनुदान वितरण गरेको छ । गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । किसानहरुको आर्थिक समृद्धिमा पनि सघाउ पु¥याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको बताइएका छन् ।

मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले वडा नं १ का ३३ जना बाख्रापालक किसानलाई जनही १० हजारका दरले रकम हस्तान्तरण गरेको छ । उनले वडा नं १ को ज्यान्दाला, तोवाङ र मेत्राङका बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको छ ।

उत्कृष्ट खोर निर्माण गर्ने तीन समूहलाई २५ हजारका दरले रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाका सातवटै वडामा ५२ बाख्रापालक कृषक समूह निर्माण गरी काम भइरहेको गाउँपालिका अध्यक्षले बताएका छन् । हालसम्म ३९ बाख्रापालक किसानलाई रकम वितरण गरिसकिएको अध्यक्ष गुरुङले बताएका छन् । गाउँपालिकाका ५२ समूहका १३० बाख्रापालक किसानलाई नमूना खोर निर्माण तथा खोर सुधारका लागि अनुदान दिइने अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

जनताको जीवनस्तर उकास्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत गैररसकारी संस्था हेफर नेपाल र दियालो परिवारसँग तीन वर्षभित्र १ करोड ५२ लाख खर्च गर्ने गरी सम्झौता भएको भन्दै साझेदारी संस्थाको २५ प्रतिशत सहयोग रहने बताएका छन् । गाउँपालिकाले कृषि क्षेत्रमा युवा र बाबु समूह गठन गरी आर्थिक समृद्धिका लागि आधारशिला तालिम दिइने अध्यक्ष गुरुङले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत्र २३, २०७८