शुक्रबार, चैत्र १६, २०८०

नेपालमा कृषि सामग्री आपूर्ति एवं अनुदान संयन्त्र विषयक गोष्ठी शुरु

काठमाडौ । नेपालमा कृषि सामग्री आपूर्ति एवं अनुदान संयन्त्र विषयक तीन दिने गोष्ठी शुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट टे«ेडिङ्ग कर्पोरेशनले गोष्ठीको आयोजना गरेको हो ।

नेपाल तथा भारतका कृषि वैज्ञानिक एवं कृषि विज्ञ एकै ठाउँमा जुटाएर कम्पनीले पहिलो पटक यस प्रकारको गोष्ठी आयोजना गरेको हो । तीन दिन सम्म चल्ने सो गोष्ठीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्धय डा गोविन्दप्रसाद शर्मा र निरु दाहाल पाण्डेले उद्घाटन गनुर्् भएको हो ।
कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा गोष्ठी केन्द्रित हुने कर्पोरेशनले जनाएको छ ।

नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा सङ्घ र प्रदेशमा तिनका अवस्थाका बारेमा जानकारी लिँदै त्यस क्षेत्रमा सुधार गर्नका लागि गर्नुपर्ने कार्यहरुका बारेमा बृहत छलफल हुने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

नेपालमा प्रयोग हुने मुख्य कृषि सामग्री तथा कृषि अनुदानको प्रभावकारिताका विषय, एव कृषिजन्य उत्पादनको अन्तरराष्ट्रिय व्यापारका बारेमा छलफल हुने बताइएको छ ।

नेपाल र भारतको भौगोलिक अवस्था करिब एकै प्रकारको रहेका कारण दुवै देशका वैज्ञानिकले एक अर्काका अनुभव आदानप्रदान गरेर किसानले अधिकतम लाभ लिन सक्ने कर्पोरेशनका उपप्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताएका छन् । नेपालको कृषि क्षेत्रको सुधार तथा गुणस्तरीय मलखाद, उन्नत बीउबिजन र औजार उचित प्रयोग गरी गरेर कृषि उत्पादन बढाउन कर्पोरेशन लागिपरेको छ ।

नेपाल सरकारले अनुदानको रासायनिक मलको अयात र बिक्री वितरण गर्ने जिम्मेवारी कर्पोरेशनलाई दिएको छ । कृषिको आधुनिकीकरणसँगै कृषि उत्पादन बढ्ने, किसानको आयस्तरमा वृद्धि हुने, माटोको गुणस्तरअनुसार विभिन्न मल, बीउ र औजारको प्रयोग गरी उत्पादन बढ्ने सरकारको अपेक्षा छ । सम्मेलनका क्रममा प्रस्तुत हुने दस्तावेज, छलफलबाट निस्कने निष्कर्ष तथा सुझावले नेपालको कृषि क्षेत्रको रुपान्तरणमा सहयोग मिल्ने अपेक्षा गरिएको समेत राजभण्डारीले बताए ।

प्रकाशित मिति: बुधबार, चैत्र २३, २०७८