शुक्रबार, बैशाख ७, २०८१

मौरीपालक किसानहरुलाई अनुदान

काठमाडौँ । पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आए पनि मौरीपालनमा किसानले भने खासै आकर्षित हुन सकेका थिएनन् । पूर्वी क्षेत्रबाट मौरीपालक किसानहरु तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन् । त्यहाँबाट आएका मौरी पालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ ।

कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त भएका छन् । व्यावसायिक मौरीपालन गर्दै आएका मगरले मौरीका घार नै बोकेर वनमा जान्छन् । ६ वर्षदेखि मौरीपालन गर्दै आएका उनले मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्छन । मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पुराउन पनि उनलाई कुनै समस्या नभएको बताउछन् । उनी भन्छन् मसँग धेरै मौरी त छैन , तरा व्यवसायलाई विस्तारै बढाउँदै गएको बताएका छन् । मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीँबाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइलगायतको सबै खर्च बेहोर्ने गरेको मगरले बताएका छन् ।

बलबहादुर मगर मौरीपालन व्यवसायसँगै अन्य कृषि पेसामा समेत जोडिएका छनु । उनको सबै परिवार नै कृषिमा केन्द्रित भएको बताए । कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएको भन्दै राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर त्यसमा किसानलाई कुनै अनुदान सहयोग अहिलेसम्म पनि नभएको बताइएका छन् । किसान बलबहादुरले भने स्थानीय सरकारले पनि सहयोग गरेको छैन । अन्य कृषि क्षेत्रमा अनुदान आउँछ । तर मौरीपालनलाई कृषिसँग जोड्नुभएन ।

बलबहादुर मगर मात्रै होइन, पछिल्लो समयमा धेरै किसानहरु मौरीपालनमा आकर्षित हुन थालेका छन् । कतिपय किसानले व्यवसायि करुपमा काम सुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन व्यवसाय सुरु गर्न थालेका छन् । बजारीकरणको समस्या नभएका कारण पनि मौरीपालन व्यवसायमा आकर्षित भएको किसानहरुले बताएका छन् । अहिले उत्पादन भएको मौरीको मह केजीमा ५०० मा भन्दा बढीमा बिक्री गर्दै आएका बताउछन् ।

टेकबहादुर चौधरी पेसाले शिक्षक भएर १७ वर्ष पढाएको भन्दै मौरीपालनमा लागेको बताउछन् । चौधरीले १७ वर्ष शिक्षण गरेपनि शिक्षण पेसाबाट सन्तुष्ट हुन नसकेपछि शिक्षण पेसा छाडेर मौरीपालनमा लागेको बताउछन् । शिक्षण पेसाभन्दा कृषि पेसामा बढी सम्भावना देखेपछि टेकबहादुरले शिक्षण पेसा छोडेर कृषि पेसामा लागेको बताएका छन् । उनले भने कृषिमा सम्भावना देखेकै कारण पनि शिक्षण पेसा छोडेर कृषिमा लागेको हु । मिहेनत बढी छ भने आम्दानी पनि बढी छ । अहिले म मौरीपालन व्यवसायमा लागेको छु भने अन्य परिवारका सदस्यहरु कृषिमा लागेको चौधरीले बताएक छन् ।

सरकारले उपलब्ध गराउने अनुदान वास्तविक किसानलाई भन्दा पनि आफ्नो नजिककालाई सहयोग हुँदै आएको र कृषि पेसामा नलागेकाले सहयोग पाउँदै आएको चौधरीले गुनासो गरेका छन् । कृषि क्षेत्रका लागि आवश्यक मात्रामा बजेट विनियोजन भएको भए पनि स्थानीय सरकारले मौरी पालका किसानका लागि भने भर्खर अनुदानको व्यवस्था गर्न थालेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिइएका छन् । चालु आर्थिक वर्षमा केही बजेट मौरीपालक किसानका लागि अनुदानको व्यवस्था गरिएको प्रमुख चौधरीले बताएका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र २१, २०७८