आइतवार, मंसिर १७, २०८०

शैलुङ गाउँपालिकामा ५ सय मेट्रिकटनको कोल्ड स्टोर निर्माण

चरिकोट । दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नं. ३ बोत्लेमा नेपालकै सबै भन्दा ठूलो कोल्ड स्टोर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शैलुङ गाउँपालिकाका किसानहरुले उत्पादन गरेको तरकारी बजार अभावका कारण नोक्सान व्यहोर्नु परेकाले बजार व्यवस्थापन नहुञ्जेलसम्म सुरक्षित भण्डारका लागि कोल्ड स्टोरले सघाउन पुग्ने छ ।

मौसम अनुकुल तरकारी एवं विभिन्न फलफुल कुहिएर नोक्सान हुदा किसानहरुले निकै कष्ठ व्यहोर्ने मात्र होइन नोक्सान समेत खेप्नु परेको छ । हरेक वर्ष कोल्ड स्टोर अभावका कारण किसानहरुले भोग्नु परेको समस्या समाधान गर्नका लागि गाउँपालिकाले बागमती प्रदेश सरकार कृषि मन्त्रालयको सहयोगमा कोल्ड स्टोर निर्माण गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए ।

५ सय मेट्रिकटन क्षमताको सो कोल्ड स्टोर करीव ६ करोडको लागतमा निर्माण गरिएको दुलालले बताए । दुलालका अनुसार कोल्ड स्टोरमा आलु, किवी, बन्दा, काउली, गाजर, हरिया साग, फलफूल लगातयका कृषि उपज छुट्टा छुट्टै राख्न सकिने छ । -लक्ष्मी श्रेष्ठ

प्रकाशित मिति: सोमवार, चैत्र १४, २०७८