शुक्रबार, बैशाख ७, २०८१

पुष्प विकासका लागि दिएको अनुदान दुरुपयोग, फ्लोरिकल्चर संघले गरेन बेरुजु फछ्र्यौट

काठमाडौं । विदेशबाट पुष्प आयातमा न्यूनिकरण गरी नेपालमा नै पुष्प उत्पादन बृद्धि गर्ने र त्यसलाई व्यवसायिकीकरण गर्नका लािग कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फ्लोरिकल्चर एशोसिएसनलाई दिएको करीव २५ करोड रुपैया अनुदान दुरुपयोग भएको देखिएको छ । पुष्प ःव्यवसाय प्रवद्र्धन गर्नका लागि कृषि विकास मन्त्रालयले उपलब्ध गराएको सोक रकम एशोसिएसनका तात्कालिन महासचिव मिनबहादुर तामाङ र मन्त्रालयका केही उच्च अधिकारीहरुको मिलेमतोमा अनुदान रकम दुरुपयोग भएको हो ।

मन्त्रालयले पुष्प व्यवसाय प्रवद्र्धन गर्ने, आयात न्यूनिकरण गर्नका लागि किसान व्यवसायीहरुलाई तालिम दिने, ग्रिनहाउन उपलब्ध गराउने बजार व्यवस्थापनका लागि सहयोग गर्ने भन्दै अनुदान दिएको थियो । तर एसोसिएसनले मन्त्रालयले दिएका जिम्मेवारी काजगमा मात्र सिमित राखी अनुदान दुरुपयोग गरेको थियो । अनुदानमा कर्मचारी तथा पदाधिकारीहरुले आँखा गाडेकै कारण सो रकम अपचलन भएको देखिन्छ । जसका कारण एसोसिएसनका नाममा करीव एक करोड त बेरुजु नै देखाएको छ ।

कागज मिलाएर सरकारी रकम खान पल्केका पुष्प व्यवसायी संघका तात्कालिन महासचिव तामाङ अहिले अध्यक्ष बनेका छन् । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मात्र होइन मातहत रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाको रकम पनि कागजमै मिलाउर खान सफल भएका थिए । सरकारले २५ करोड रुपैया अनुदान उपलब्ध गराएको भएपनि पुष्प उत्पादन बृद्धि एवं पुष्प व्यवसाय व्यवसायिक भने हुन सकेको छैन ।

बरु सरकारी अनुदान लिएका व्यवसायीहरुले नेपालमा पुष्प उत्पादन गर्नुको सट्टा छिमेकी भारत, चीन, थाईल्याण्डबाट नै पुष्प आयात गरी आफ्नै लोगो प्रयोग गरी विक्री वितरण गरिरहेको देखिन्छ । पुष्प व्यवसायलाई मर्यादित बनाउनुको सट्टा सरकारी अनुदान दुरुपयोग कसरी गर्न सकिन्छ भन्नेमा नै यतिखेर फ्लोरिकल्चर एसोसिएन नेपालका अध्यक्ष तामाङ सक्रिय रहेका छन् ।

अध्यक्ष तामाङ भन्छन्, ‘सरकार कर्मचारीलाई कसरी मिलाउनु पर्दछ मलाई थाहा छ, अनुदान बेरुजु सवै हिसाव मिलाउने तरिका राम्रै बुझेको छु’ । तामाङकै कारण बेरुजु रहन गएको पदाधिकारीहरुको आरोप छ । ‘उनीहरुलाई ख्वाईसकिएको छ कसरी तिर्ने ?’ बेरुजु तिर्नु पर्दैन जे पर्छ पर्छ भन्नै हिड्ने गरेको एसोसिएनकै पदाधिकारीले गुनासो गरेका छन् । बेरुजू त जसरी पनि तिर्नु पर्छ अध्यक्षले नबुझेका हुन् की हामी नयाँ पदाधिकारीहरुले नबुझेका हौ ? उनले गुनासो गरे ।

प्रकाशित मिति: आइतवार, चैत्र १३, २०७८