शुक्रबार, बैशाख ७, २०८१

अनुदानमा किसानलाई मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण

काठमाडौँ । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाले आज स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण गरेको छ । २१ मिनीटिलर, २० कुटानी पिसानी, ५ घाँस काट्ने ३ वटा स्टे उपकरण वितरण गरिएको छ । गाउँपालिका मातहतका ६ वडाका किसानलाई लक्ष गरी गाउँपालिकाको १४ लाख र किसानहरुको १४ लाख गरी कूल रु २८ लाखको लागतमा उक्त सामाग्री खरिद गरेरी वितरण गरिएको बताए ।

व्यक्तिगत र समूहगतरुपमा माग भई आएका सबै किसानलाई सामग्री उपलब्ध गराइएको अध्यक्ष पूर्णसिं थापाले जानकारी बताए । किसानहरुलाई प्रोत्साहन गर्न अनुदानमा कृषि औजर उपलब्ध गराएका भन्दै किसानहरुलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन गाउँपालिकाले प्राथमिकतामा राखेको बताइएको छ ।

मिनीटिलरले बाँझो जमिन जोत्ने र खेती लगाई धेरैभन्दा धेरै उत्पादन गरेर खाद्य बालीमा आत्मनिर्भर बन्न सहयोग गुग्ने व्यावसायिकरुपमा पशुपालन गरेका किसानलाई थोरै समयमा धेरै घाँस काट्न सकिने र छोटो समयमा कुटानी पिसानी गर्न सकिने भएकाले त्यस्ता उपकरण वितरण गरिएको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र १३, २०७८