मङ्लबार, बैशाख ४, २०८१

तातोपानी भन्सार नाकाबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

काठमार्डौ  । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । तातोपानी नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको छ । बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी भन्सार प्रमुख नारद गौतमले जानकारी दिइएको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानहरुलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो । बोलपत्र पाएपछि ६ महिनाअघि सो कम्पनीले पहिलो खेपमा १ हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ११, २०७८