बुधबार, बैशाख १२, २०८१

अदुवाकाे मूल्य नपाउँदा किसान चिन्तित

काठमार्डौ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका २ चिन्नेखोला निवासी दुलबहादुर थापा अत्यन्तै न्यून मूल्यमा अदुवा बिक्री गर्नुपर्ने अवस्था आएपछि चिन्तीत भएका छन् । गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र रिसेड मार्फत रु ५ हजार अनुदान पाएपछि थापाले अदुवाखेती गरेका हुन् ।

करिब ४ रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४०० क्विन्टल अदुवा उत्पादन भएको बताउछन् । वैशाखमा करिब ३०० किलोग्राम बीउ अदुवा लगाएर पुसमा खन्दा उक्त परिमाणमा अदुवा उत्पादन भएको थापाले बताएका छन् । दुई महिना अदुवा खन्नैमा बितेको भन्दै, अदुवा उत्पादन भएअनुसार बजार मूल्य पनि भैदिएको भए राम्रो आम्दानी गर्न सकिने थापाको भनाई छ ।

दुलबहादुर थापा शारीरिकरुपले कमजोर छन् । जन्मिएपछि करिब पाँच÷छ वर्षको उमेरदेखि उनका हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुनुहुँदैन भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील भएको बताउछन् ।

अदुवा प्रतिकिलो ३०० मा बिक्री गर्नुपर्ने बाध्यता आएपछि यहाँका करिब १५ घरका अदुवा किसान मर्कामा परेका बताउछन् । थापाले गाउँमै अदुवाखेती गर्न थालेपछि अन्य मानिसहरु पनि अदुवा खेतीतर्फ आकर्षित भएका बताएका छन् । करिब १५ घरधुरी कम्तीमा ३०० देखि ९०० किलोग्रामसम्म अदुवा उत्पादन गर्दै आएका छन् ।

समयमा विक्री नभएको पछि सुठो बनाइएको अदुवाको मूल्य प्रतिकिलो रु ३०० सम्म पर्ने बताउछन् । एक वर्ष अदुवा लगाएको क्षेत्रमा अर्को वर्ष पनि अदुवा लगाउन नहुने किसान लालसिं रानाले बताएका छन् । एउटै जग्गामा लगातार अदुवाखेती गरिए किराको प्रकोप बढ्ने र उत्पादन नराम्रो हुने भएकाले एक वर्षको फरकमा अदुवाखेती गर्दा उत्तम हुने किसानहरुले बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ८, २०७८