शुक्रबार, चैत्र १६, २०८०

दुग्ध विकास संस्थानको महाप्रवन्धक पदका लागि ७ जना प्रतिष्पर्धामा, मापदण्ड नपुगेका झा पनि दौडमा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको दुग्ध विकास संस्थानको रिक्त महाप्रवन्धक पदका लागि ७ जना प्रतिष्पर्धामा उत्रिएका छन् । दुग्ध क्षेत्रमा लामोसमयदेखि काम गरेका देखि दूधको बारेमा जानकारी नै नभएका व्यक्ति पनि प्रतिष्पर्धामा उत्रिएको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानको महाप्रवन्धकका लागि माग गरेको योग्यता र अनुभव नपुगेकाले पनि निवेदन पशे गरेका छन् ।

दुग्ध विकास संस्थानको महाप्रवन्धक पदका लागि सोही संस्थानका कार्यरत राजेन्द्र प्रसाद अधिकारी र सञ्जिव झा निवेदन पेश गरेका छन् भने । राष्ट्रिय दुग्ध विकास बोर्डमा पुर्व कार्यकारी निर्देशक पद सम्हालिसकेका छन् बाबुबाजी पन्त पनि महाप्रवन्धक पदका दौडमा सामेल भएका छन् ।

त्यस्तै सो पदका लागि गजेन्ज्र वस्ती, लोकबहादुर खड्का, नरेश यादव र .शाह पनि प्रतिष्पर्धामा उत्रिएका छन् । प्रतिष्पर्धामा उत्रिएका कतिपयको मन्त्रालयले तोकेको मापदण्ड पूरा नभएपनि निवेदन भने मन्त्रालयले स्वीकार गरेको छ ।

सवैभन्दा महत्वपूर्ण कुरा के हो दुग्ध विकास संस्थानमा शाखा अधिकृत स्तरबाट जागिर शुरु गरेका हालका योजना जनशक्ति तथा बजार व्यवस्थापनमा कार्यरत निमित्र विभागिय प्रमुख सञ्जिव झाले पनि महानिर्देश पदको दावा गरी निवेदन पेश गरेका छन् । भने अन्य कतिपयले त व्यवस्थापकको हैसियतले काम पनि गरेको देखिँदैन ।

दुग्ध विकास संस्थानको महाप्रवन्धक वन्नका लागि मात्र निजी डेरीमा प्रवन्धकका रुपमा काम गरेको कागज पेश गरेको भएपनि मन्त्रालयले छानविन गर्न सकेको छैन ।

मन्त्रीका भाई रविन्द्र यादवसँगको साँठगाँठमा सञ्जिव झाले महाप्रवन्धक वन्नका लागि १० वर्षको व्यवस्थापकको भूमिका निर्वाह नगरेपनि मन्त्रालयले निवेदन स्वीकार गरेको छ ।

कानूनत ः पदपूर्ति समितिले तोकेको मापदण्ड पूरा नभएको व्यक्तिको निवेदन स्वीकार गरिदैन तर झाको भने स्वीकार गरेको देखिन्छ । तर झाले भने आफ्नो १० वर्षे अनुभव भएको बताए पनि कुन संस्थामा बसेर काम गरेको भन्ने खुलाएका छैनन् । यसको मतलव उनले पेश गरेको कार्यानुभव गलत पेश गरेको बुझ्ना सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ४, २०७८