बिहिबार, चैत्र १५, २०८०

किसानले पाएनन्  अझै राहत

काठमार्डौ । सल्यानमा गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाबाट भएको क्षतिको किसानहरुले अझै राहत पाउन सकेको छैन् । काटेर सुकाएको धान वर्षाले डुबाएपछि सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको थियो । तर सरकारले घोषणा गरेको महिनौ बितिसक्दा पनि किसानले राहत पाउन सकेका छैन् ।

सुरुमा राहत पाइन्छ की भनेर आशा गरेको किसानहरूको आशा भने अहिले निराशामा परिणत भएको बताउछन् । ५ महिना भन्दा बढी हुँदा राहत नपाएको कुमाख गाउँपालिका ३ रागेचौरका किसान लिलाधर केसीले गुनासो गरेका छन् । आफ्नो खेतमा रहेको ३० मुरी धान काम नलाग्ने गरी भिजेको बताए । सरकारले किसानलाई राहत भन्दा बढी आस मात्र दिएको केसीले बताएको छ ।

जिल्लामा ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेपनि किसानहरुले करिब ३० हजार मेट्रिक टन धान उत्पादन गरेकोमा कुल उत्पादनको २७ दशमलव ८५ प्रतिशत अर्थात् २ हजार ८ सय ६ मेट्रिक टन धानमा क्षति पुगेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

१० वटै पालिकाबाट क्षतिको विवरण सङ्कलन गरी सम्बन्धित मन्त्रालयमा पठाएको भए पनि हालसम्म राहत नआएको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताएको छ । क्षतिको विवरण सङ्कलन गरी मन्त्रालयमा पठाएको भएपनि राहत नआएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ४, २०७८