काठमाडौं । ‘कृषि यान्त्रिकरणमा बृद्धि, व्यवसायिक कृषि विकास र समृद्धि’ मूल नाराका साथ आगामी चैत ९ गतेदेखि १२ गतेसम्म सलोम राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रर्दशन हुँदैछ । कोभिड १९ का कारण सरकारले २५ जना भन्दा बढी व्यक्ति वा समूह भेला हुन नपाउने आदेश जारी गरे पश्चात माघ ५ देखि ८ गते गर्ने भनिएको सो प्रदर्शनी रोकिएको थियो ।
नेपाल कृषि मेसिनरी संघको आयोजनामा हरेक वर्ष हुने कृषि यान्त्रिीकरण प्रदर्शनी कोभिड १९ को संक्रमण देखापरेसँग विगत दुई वर्षदेखि हुन सकिरहेको छैन । माघ ५ गतेदेखि चितवनको एक्स्पो सेण्टरमा आयोजना गरिएको सो प्रर्दशनी स्थगन गरी हाल कोभिड १९ को संक्रमण दर अत्यन्तै न्यून भएका कारण प्रदर्शन गर्न लागिएको संघले जनाएको छ ।
सो प्रर्दशनीमा कृषि प्रबिधि, कृषि यान्त्रिकरण, बिभिन्न्न रैथाने बाली, कृषि सम्बन्धि सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम बाली बिमा सम्बन्धि सुबिधा, कृषि सम्बन्धि बीउ, बिषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद बिक्रि सुबिधाका सार्थ उन्नत बिधि र प्रबिधिको स्थलगत प्रदर्शनी हुने बताएको । सो प्रदर्शनीमा प्रवेशलाई पनि निःशुल्क गरिएको छ ।
Add Comment