शुक्रबार, बैशाख ७, २०८१

आईएफएडीको करीव ६ अर्व १५ करोडको सहयोगमा नयाँ कृषि परियोजना शुरु

काठमाडौं । नेपालको कृषि क्षेत्रमा सहयोग गर्दै आईरहेको कृषि विकासका लागि अन्तर्राष्टिय कोष (आईएफएडी) को सहयोगमा कृषि विकास वैकले ६ वर्षसम्म मूल्य श्रृखला परियोजना सञ्चालन गर्ने भएको छ । गत असोज महिनामा अर्थ मन्त्रालय र आईएफएडी वीच भएको सम्झौता बमोजिम यो परियोजना लुम्विनी, बागमती र मधेशे प्रदेशका २८ जिल्लामा सञ्चालन हुने छ ।परियोजनाको नाम भने कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृखला रहेको छ ।

परियोजना सञ्चालनका लागि कृषि विकास बैंकलाई नेपाल सरकार मार्फत कृषि विकासका लागि अन्तर्राष्टिय कोष (आईएफएडी) ले करीव ८० मिलियन अमेरिकी डलर अर्थात करीव ६ अर्व १५ करोड सहयोग गर्ने छ । जसबाट १२ वटा बाली तथा पशु बस्तुको मूल्य श्रृखला विकास गरी आयात प्रतिष्थापन र निर्यात प्रर्वद्धन गर्ने उदेश्य अनुरुप सहुलियत पूर्ण कर्जा लगानी गर्नका लािग सरकारले कृषि विकास वैकलाई कार्यान्वयन निकायको रुपमा तोकेको हो ।

परियोजन सञ्चालन पश्चात बजार मागमा आधारित कृषि बस्तुको व्यवसायिकीकरण मार्फत साना कृषिकहरुकलो आयस्तर बृद्धि हुने, रोजगारी सृजना हुने तथा कृषिको व्यवसायिकीकरण, समावेशीकरण तथा प्रतिष्पर्धात्मक विकास हुने अपेक्षा रहेको वैकले जनाएको छ । वैकका अनुसार परियोजनाले देशभरका १ लाख २० हजार साना किसान परिवारहरु विशेष गरी महिला, युवा, दलित जनजाती, पिछडिएका बर्गाहरुको क्षमता, वित्तिय सेवा र बजार पहुँचमा बृद्धि भई जीविकोपार्जनमा सुधार हुने समेत वैकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २५, २०७८