बिहिबार, बैशाख १३, २०८१

कृषि तथा पशुपन्छी मन्त्रालयमा भाई मन्त्रीको आतंक

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भाई मन्त्रीको आतंकले कर्मचारीलाई छट्पट्टी बनाएको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवका भाई रविन्द्रै यादवले गएको दुई महिना यता मन्त्रालयमा आतंक नै मच्चाएका छन् ।

उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा विदेशी सहयोग सञ्चालित आयोजनाका हाकिमहरुलाई आर्थिक सहयोगका नाममा चन्दा आतंक मच्चाईरहेका छन् ।

विवादित छविका मन्त्रीका भाई रविन्द्र यादवले मन्त्रालयमा बसेर अहिले तीन बुँदे आतंक शुरुवात गरेको गुनासो बढ्दै गईरहेको छ । उनले पहिलो बुँदे आतंकमा कृषिमा आयोजना तथा राम्रो अड्डाका हाकिमहरुलाई सकभर नगद नै माग्ने, दोश्रो बुँदे आतंकमा आफ्ना कार्यकर्ताले खडा गरेका संस्थालाई अनुदान दिलाउने, र तेस्रो बुँदे आतंकमा कार्यकता भर्ति गराउने र नभए सरुवा हुनका लागि अनिवार्य निवेदन दिन दबाब दिएका छन् ।

सवैको आँखामा परेको र यो वा त्यो नाममा कमिशन मिल्ने सक्ने भन्दै दबाद दिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख वैकुण्ठ अधिकारीले परियोजनाबाट हटाउन भनेको श्रोतको दावी छ । सोही अनुरुप उनलाई लुम्विनी प्रदेशतिर सरुवा गरिएको छ ।

त्यस्तै नेपाल लाइस्टक सेक्टर इनोभेसन परियोजनाका प्रमुखलाई विभागको महानिर्देशकमा सरुवा गर्ने शर्त राखेर भाई मन्त्रीले आफना कार्यकर्ता नियुक्ति गराईसकेका छने भने पुरक अनुदान दिन लागेको आयोजनामा मन्त्रीले आफना कार्यकर्ताको सूचि हरिहरभवन पठाइसकेको बुझिएका छ ।

भाई मन्त्रीले आफ्नो स्वार्थपूर्ति नभएपछि मातहतका बोर्ड, संस्थान, कम्पनी आयोगका कर्मचारीलाई समेत धमाधम स्पष्टिकरण सोध्न थालेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २०, २०७८