बुधबार, बैशाख १२, २०८१

बेदकोट नगरपालिकामा बालीउपचार शिविर

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्र भित्रका किसानहरुको खेतीमा लाग्ने रोग किरा पहिचान तथा व्यवस्थापनका गर्ने उदेश्यका साथ एक दिने बालीउपचार शिविर सम्पन्न भएको छ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि व्यवसाय प्रवद्र्धनको सहयोगमा सो शिविर सम्पन्न भएको हो ।

खेतीमा रोग किराको प्रकोप बढ्दै गएका कारण त्यसलाई न्यूनिकरण गर्नका लागि शिविर आयोजना गरिएको बताइएको छ । रोगकीराबाट बाली उत्पादनमा हुने ह्रासलाई कमी ल्याउन तथा प्राविधिकहरु क्षमता अभिबृद्धि गर्नका लागि समेत सो शिविर सञ्चालन गरिएका कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख टीका रामथापाले बताए ।

बाली उपचार शिविरमा विषय विज्ञका रुपमा रामकृष्ण सुवेदी र वीर बहादुर चन्द रहनु भएको थियो । बालीउपचार शिविरमा ७० जना भन्दा बढी कृषकहरुको सहभागिता रहेको थियो । सोनु सागर बिष्ट

प्रकाशित मिति: बुधबार, फाल्गुन ११, २०७८