शुक्रबार, चैत्र १६, २०८०

कृषि मन्त्रालयले पायो तीन जना युवा सहसचिव

काठमाडौं । लोक सेवा आयोग नेपाल कृषि सेवा एग्रि इको मार्केटिङ्ग एण्ड स्टाटिटिक्स समूहको सहसचिव पदमा कृषि सेवा तर्फ २ जना सहसचिवका लिएको परिक्षामा अरुण काफ्ले र डा कमल गैरेले सफल भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा उपसचिव पदमा कार्यरत काफ्ले र गैरे अव भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहसचिव बन्न सफल भएका छन् । त्यस्तै बागबानी तर्फ विनोदकुमार भट्टराई पनि सहसचिव वन्न सफल भएका छन् ।

कृषि सेवा तर्फ सहसचिव पदमा नाम निकाल्न सफल भएका डा कमल गैर कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा कार्यरत छन् भने अरुण काफ्ले शहरी कृषिमा विद्यावारिधी गर्दै छन् । त्यस्तै विनोद भट्टराई कालीमाटी तरकारी तथा फलफूल विकास समितिमा कार्यरत छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८