शुक्रबार, बैशाख ७, २०८१

मल खरिदमा एक अर्व भ्रष्टाचार भएको ठहर,अख्तियारद्धारा कृषि सामग्रीका प्रमुख नेत्रबहादुर भण्डारी सहित १० जनालाई मुद्दा

काठमाडौं । मुलुकभर रासायनिक मल अभाव चर्किरहेको बेला मल खरिद प्रक्रियामा १ अर्व भन्दा बढी भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । मल खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी सहित १० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिएपी मल खरिद प्रक्रियामा नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा आर्थिक अनियमितता भएको ठहर गरी मुद्दा दायर गरेको अख्तिार दुरुपयाग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसार रिसालले जानकारी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी र आपूर्तिकर्ता समेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तर युक्त भन्दै रासायनिक मल नियन्त्रण आदेश २०५५ एवं सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ विपरित कृषि सामग्री कम्पनीले विना प्रतिष्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भारोमेण्ट एण्ड साईण्टिफिक सर्भिस प्रालिलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको देखिन्छ ।

सोही आधारमा १ अर्व ५३ त्रिपन्न लाख २२ हजार ४ सय रुपैयाँ भुक्ताी दिई रकम हिनामिना गरेको पुष्टि हुन आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक भण्डारी सहित १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।

अअिख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारी सहित कृषि सामग्री कम्पनीका प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रवन्ध्क दुर्गाप्रसाद पाण्डे, उप प्रवन्धक पुष्कार दिप बुढालाई समेत मुद्दा दायर गरेको हो ।

त्यस्तैगलत प्रतिवेदन तयार गराउने कार्यक्रमा संलग्न नेपाल इन्भारोमेण्ट एण्ड साईण्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, सोही संस्थाका ल्याव निर्देशक सुनिलबाबु खत्री तथा प्रयोगशाला परीक्षण कार्यमा संलग्न नभएको अवस्थामा समेत परीक्षण प्रतिवेदन तयार गरी भन्सार कार्यालय तथा कृषि सामग्री कम्पनीमा प्रतिवेदन पेशगर्ने सिनियर सर्भेयर महेन्द्र कुमार डागा र परामर्शदाता भोला नाथ चौधरी, सम्झौता गर्ने मनोज आचार्य समेतलाई मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

त्यस्तै मल आयातकर्ताका रुपमा रहेको जोशी विजका कार्यकारी निर्देशक विनित जोशीलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही विगो बराबरको रकम असुल्ने गरी मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: आइतवार, पुस १८, २०७८