बिहिबार, बैशाख १३, २०८१

आत्मनिर्भरता भन्दै साना किसान मार्ने नीतिमा पोल्ट्री व्यवसायी

काठमाडौं । नेपालमा पोल्ट्री व्यवसाय मात्र आत्मनिर्भर भएको छ भन्दै वकालत पोल्ट्री व्यवसायीहरुले साना किसानहरुलाई भने धर्रधरी रुवाएका छन् । ठूला पोल्ट्री सञ्चालन गरेर साना किसानहरु माथि उनीहरुले सिण्डिकेट नै खडा गरेका छन् । आफ्नो स्वार्थ अनुकूल गर्ने पोल्ट्री व्यवसायीहरुले संस्थागत रुपमा महासंघको नाममा साना किसानहरुलाई लुटिरहेका छन् ।

पछिल्लो समयमा भन्ने हो भने पोल्ट्री क्षेत्रभित्र पनि अण्डा, कुखुराको चल्ला होस् वा दाना उत्पादन गर्नेसम्मको सिण्डिकेटले निर्वाहमुखी व्यवसाय गर्दै आईरहेका किसानहरु भने मारमा परेको देखिन्छ । कुखुराको चल्ला उपलब्ध गराउने, जर्वजस्ती रुपमा आफूले उत्पादन गरेको गुणस्तरहीन दाना भिडाउने र कुखुरा तथा अण्डा सस्तो मूल्यमा मात्र लिने सिण्डिकेटधारीहरु महासंघमा बसेर लुट मच्चाईरहेका छन् ।

पोल्ट्री व्यवसायी महासंघ भित्र बस्ने पदाधिकारीहरु नै साना किसानको घाँटी निमोट्ने अभियानमा लागेको देखिन्छ । महासंघका अध्यक्ष हुन् वा महासचिव कसैले पनि साना किसानका पक्षमा वकालत गर्ने, उचित लागत मूल्य बराबरको खरिद गर्ने वातावरण मिलाउने भन्दा पनि जसरी हुन्छ आफ्नै मस्त गर्ने व्यवसायीहरुका कारण नेपालको पोल्ट्री व्यवसाय व्यवसायीहरुको नजरमा मात्र आत्मनिर्भर भएको देखिन्छ । रातारात छिमेकी मुलुक भारतबाट अण्डा, कुखुराको चल्ला भित्र्याउनेहरुले नै दिनभर आत्मनिर्भरताको नारा ओकल्ने गरेको पोल्ट्री व्यवसायी महासंघका सदस्यहरुले नै आरोप लगाउने गर्दछन् ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८