बिहिबार, चैत्र १५, २०८०

माघ ५ गतेदेखि चितवनमा ५ औं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हुने

काठमाडौं । ‘कृषि यान्त्रिककरणमा बृद्धि, व्यवसायिक कृषि विकास र समृद्ध’ नाराका साथ ५ औ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी चितवनमा हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा चितवन एक्सो सेण्टर भरतपुरमा यही माघ ५ गतेदेखि ८ गतेसम्म चार दिन प्रदर्शनी गरिन लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

एकै थलोमा कृषि सम्वन्धि आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुको जानकारी आम किसानहरुलाई गराउने उदेश्यले प्रर्दशनी गर्न लागिएइको आयोजक संस्थाका अध्यक्ष खोजराज कट्वालले बताएका छन् ।

शलोम एग्रिकल्चर ५ औ एग्रि मेक नाम दिइएको सो प्रदर्शनीमा २ हजार भन्दा बढी प्रकारका कृषि उपकरणहरु राखिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । २० भन्दा बढी मुलुकको सहभागीता रहने भनिएको सो प्रर्दशनीमा १ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रमको मुख्य आकर्षणमा रुपमा ‘मेड इन नेपाल प्याभिलियन’ दिएर नेपालमा उत्पादन भएका उपकरण तथा कृषिसँग सम्वन्धी बस्तु समेत राखिने आयोजक संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस १३, २०७८