शुक्रबार, बैशाख ७, २०८१

इजरायलको दक्षिणमा बर्ड फ्लूको प्रकोप

तेलअभिव । इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच ५ एन १ (H5N1) एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको उल्लेख गरेको छ ।

खोरहरूमा टर्कीहरूको असामान्य मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि अविग्दोर गाउँको एक फार्ममा बर्ड फ्लूका केसहरू फेला परेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको भेटेरिनरी सेवाले सङ्क्रमित क्षेत्रमा तीव्र अनुसन्धान शुरु गरेको छ ।
एच ५ एन १ (H5N1) बर्ड फ्लूले अन्य जनावरहरू जस्तै बिरालो बाघ, सुँगुर र दुर्लभ अवस्थामा मानिसहरूलाई पनि संक्रमित गर्न सक्ने अनुसन्धानले देखाएको छ । मानिसमा बर्ड फ्लुको पहिलो लक्षण सामान्यतया गम्भीर श्वासप्रश्वासको रोग र ज्वरो आउँनु हो।

इजरायलमा बर्ड फ्लूको ठूलो प्रकोप २००६ मा रेकर्ड गरिएको थियो जसमा दक्षिणमा नौ व्यावसायिक रूपमा पालिएका टर्कीका खोरहरू समावेश थिए।

प्रकाशित मिति: मङ्लबार, मंसिर २१, २०७८