बिहिबार, चैत्र १५, २०८०

भारत मै रासायनिक मल अभाव छ, कसरी देला जिटुजीमा

काठमाडौं । यतिखेर विश्व बजारमा नै रासायनिक मलको मूल्य चर्किदा विकासोन्मुख देशका किसानहरु निकै मारमा परेका छन् । नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । चालु आर्थिक वर्ष किसानहरुले रासायनिक मल सहज रुपमा पाउने अवस्था देखिएकै छैन । हरेक वर्ष नेपाली किसानहरुलाइ मलमा छल भइरहँदा यो वर्ष अझ बढी छल हुने पनि देखिएको छ ।

किसानहरुलाई मल सहजताका लागि भन्दै सरकारले करीव १६ अर्व भन्दा बढी रकम अनुदानका लागि नै छुट्याएको छ । तर किसानहरुले मल भने पाउन सकेका छैनन् । सरकारी मल आयात गर्नका लागि छनौट परेका मल आयातकर्ताहरु कति सरकारको कालो सूचिमा परिसकेको छ भने कति केही समय भित्र नै कालो सूचिमा पर्ने संकेत नै देखिएको छ ।

मल आयात गर्न सक्ने अवस्था नदेखेपछि सरकारले जिटुजी मार्फत रासायनिक मल आयात गर्ने तयारी गरिरहेको छ । नेपाल सरकारले भारत सरकारसँग जिटुजी गरी मल आयात गर्न खोजेको भएपनि त्यो सम्भावना निकै नै न्यून नै देखिन्छ । यतिखेर भारतमा समेत रासायनिक मल अभाव छ । यस्तो बेला नेपाल सरकारलाई भारत सरकारले जिटुजी मार्फत मल उपलबध गराउँछु भन्नु वेकार नै हो । अहिले डलरको मूल्य बृद्धिसँगै रासायनिक मलको मूल्य पनि निकै नै बढेको छ । विश्व बजारमा मलको मूल्य बढेका कारण पनि भारतमा समेत मलको अभाव भएको छ ।

आफ्नै देशलाई मल अभाव भईरहेको बेलामा नेपाल सरकार आग्रह गरेको भरमा भारतले मल सहज उपलब्ध गराउँछ भन्ने कुरा सोच्नु नै गलत सावित भईसकेको छ । भारतले आफैले उत्पादन गरेको मल निकै कम छ । आफ्नै देशका किसानहरुलाई मल पु¥याउन नसकिरहेको समयमा भारत सरकारले जिटुजीमा मल दिन सक्ने देखिँदैन । त्

प्रकाशित मिति: मङ्लबार, मंसिर १४, २०७८