बिहिबार, बैशाख १३, २०८१

कृषि तथा पशुपन्छी मन्त्रालयले किन स्वीकार गरेन सचिव निरु पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा गत सोमबारको मन्त्रीपरिषद्को निर्णयबाट बढुवा भएकी सहसचिव निरु दाहाल पाण्डेलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेसम्म पनि आफ्नो वेवसाईटमा राखेको छैन ।

कृषि सचिवमा महिला पाएको भन्दै खुशीले गद्गद् भएर सामाजिक सञ्जालमा बधाई दिनेहरु कर्मचारीहरुले सञ्चार गृहले प्राथमिकता दिएन भन्दै रोइलो गरिरहेका बेला शुक्रबार साँझसम्म पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आधिकारिक वेवसाईटमा मन्त्रालयको सचिव निरु पाण्डे दाहाल खुलाइएको छैन ।

मन्त्रालयको आधिकारिक वेवसाईट www.moald.gov.np मा सचिवका रुपमा डा गोविन्द प्रसाद शर्माको नाम मात्र उल्लेख गरिएको छ । बाहिर एउटा कुरा गर्ने, भित्र अर्के कुरा गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना प्रविधिका नाममा मात्र लाखौ रुपैयाँ खर्च गरिरहेको छ । तर निरु पाण्डे सचिवमा नियुक्ति भएको पाँचौ दिनसम्म पनि आफ्नो वेवसाईट अपडेट गर्न सकेको छैन ।

सायद कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाण्डेलाई सचिव स्वीकार नगरेको पो हो कि ? नभए अहिलेसम्म किन राखिएन । त्यसो त कृषि तथा पशुपन्छी विकास मन्त्रालयको धेरै आयोजनाहरुको सूचना प्रविधिका बजेट कागज मिलाएर झ्वाम्म पार्ने परिपाटी भएकाले पनि यस्तो भएको हुन सक्छ ।

तथापी हिजो सम्म समाचार खोज्नेहरुले आफ्नो हातमै भएको कुरालाई चाहि किन सच्याउन सकेनन् भन्ने वहश अहिले चल्न थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २६, २०७८