शुक्रबार, बैशाख ७, २०८१

भ्रष्टाचारको थलोका रुपमा विकसित हुँदै दुग्ध विकास संस्थान

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्सथान भ्रष्टाचारको थलो वन्न थालेको छ । विगतदेखि नै भ्रष्टाचारको अखडा वन्दै गईरहेको संस्थान पछिल्लो समय त राजनीतिक रंग ओडेर संस्थानलाई खोक्रो नै बनाउने थालिसकेका छन् ।

विशेष गरी दुग्ध विकास संस्थानका महाप्रवन्धकलाई विभिन्न कर्मचारी संघसंगठनले भ्रष्टाचारको विषयमा दवाव दिँदै आईरहेका छन् । हुन त अहिलेका महाप्रवन्धकका कारण मात्र संस्थान भ्रष्टाचारको थलोका रुपमा विकसित भएको भने हुँदै होइन ।

विगतका महाप्रवन्धकहरुले पनि संस्थानमा लुट मच्चाएकै हुन् । त्यसका लागि संस्थानको बजार प्रवन्धकदेखि निमित्त उपमहाप्रवन्धकहरु समेत दुग्ध विकास संस्थान डुवाने र आफू बन्ने सोचमा मस्त देखिन्छन् ।

विगत दशबर्षको अवधिमा हेर्ने होभने त्यस यताका महाप्रवन्धक कर्मचारीहरु समेतको सम्पत्ति छानविन गर्ने हो भने दुग्ध विकास संस्थान के हो भन्ने कुरा छर्लङ हुन्छ । किसानहरुलाई दुध भक्तानी नदिने तर लुट मच्चाउने कर्मचारीलाई कसले के गर्ने ?

विगतमा दुग्ध विकास सस्थानमा भएका नियुक्तिदेखि कर्मचारी भर्ना, कर्मचारी संगठन र महाप्रवन्धकहरुको मिलेमतोलाई समेत केलाएर हेर्ने हो भने दुग्ध विकास संस्थानका एकाध बाहेक अधिकांश कर्मचारीलाई दण्ड गर्नु पर्ने देखिन्छ ।

दुग्ध विकास संस्थानमा हाजिरी गर्ने अनि त्यहाँ भएका श्रोत साधनलाई प्रयोग गरेर निजी डेरीमा गएर काम गर्ने पनि प्रशस्त देखिएका छन् । दुग्ध विकास संस्थानमा भएका भ्रष्टाचार र अनियमितता रोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निकै नै संघर्ष गर्नु पर्ने देखिन्छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक ११, २०७८