बिहिबार, चैत्र १५, २०८०

विपत्तिमा परेका किसानले आश्वासन बाहेक केही पनि पाउँदैनन्

काठमाडौं । पछिल्लो एकसातामा नेपाली किसानहरुले निकै नै सास्ती खेप्नु परेको छ । यो साता किसानहरुका लागि निकै दुखद् साताका रुपमा देखियो । नायालयक सरकारका कारण मल बीउ अभाव हुँदा हुँदै पनि असारमा निकै कठिनाईका कारण धान रोपेका किसानहरुले जव वर्षभरीका लागि खाद्यान्न भित्र्याउने बेलामा बेमौसमी पानी परिदिँदा सारा धान सखाप भयो ।

किसानहरुका लागि केही संघसंस्थाले एकपत्र पानामा प्रेस विज्ञप्ति प्रकाशन गर्ने वाहेक केही पनि गर्न सकेका छैनन् र त्यस्ता प्रेस विज्ञप्तिले किसानहरुको नष्ट भएको धानको राहत पनि पाउने छैनन् । सरकार, राजनीतिक दलका भातृसंगठन र केही डलरेहरु आफ्नो स्वार्थ सिद्ध गर्नका किसानहरुमा पक्षमा डेढ सय शब्दका विज्ञप्ति प्रकाशन गरेर प्रचार प्रसार गर्दैमा राहत पाउँछन् भन्ने कुरामा केही किसान ढुक्क भएका छन् भने त्यो दूर्भाग्य सावित हुने छ ।

२०७२ सालमा गएको भूकम्प होस् वा २०७५ सालको खडेरी र तत्पश्चातको बाढीले मच्चाएको वितण्डाका बेलामा पनि किसानहरुले राहत पाउन सकेनन् केवल आश्वासन बाहेक ।

अहिले पनि मुलुकका सातै प्रदेशमा कृषि मन्त्रालय छ, सघमा सिङ्गो सरकार छ स्थानीय तहमा अर्को आँगनको सरकार छ तर ती सरकार छन् र किसानको चहराइरहेको घाउमा मलम लगाउँलान् भन्ने कुराको विश्वास गर्ने अवस्था देखिएको छैन ।

आफूले यो गर्दछु वा त्यो गर्दछु भन्दै किसानलाई आश्वासन दिएका अभिव्यक्तिहरु सञ्चार माध्यमा प्रकाशन गराएर प्रचार प्रसार गर्न उद्दत व्यक्ति, राजीतिक नेतृत्व र डलरेहरुबाट किसानहरुले केही पनि आश नगरे हुन्छ ।

आँखाभरी आँशु र यो वर्षको भकारी रित्तो हुने भएकाले कसरी यो वर्ष गाँस जुटाउने भन्ने तर्फ नै सोच बनाएर आफ्नो दुख विसाउने काम गर्नु विकल्प नभएकाले टाउका गनेर स्वार्थ सिद्ध गर्नेहरुबाट किसानहरु टाढा नै रहनु उत्तम हुने विगतका विपत्तिले नै स्पष्ट गरिदिएको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक ६, २०७८