शनिबार, बैशाख ८, २०८१

चिया कफी विकास बोर्डमा भाँडभैलो, पिएचडी धारी भट्टराईको गरिरहेछन् रमाईलो

काठमाडौं । चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक पिएचडीधारी विष्णु भट्टराईले कार्यालयमा भाँडभैलो मच्चाईरहेका छन् । कृषि अनलाईनमा बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईको कर्तुत सम्वन्धि समाचार प्रकाशन भएपछि उनले गरेका दर्जनौ कुकृत्यहरु कृषि अनलाईनलाई फेला परेको छ । उनले बोर्डमा बसेर गरेका कुकृत्यहरु सार्वजनिक हुने डरले कृषि अनलाईनमा समाचार प्रकाशन भएपश्चात कर्मचारीलाई आफू विरुद्ध समाचार प्रकाशन गर्न लगाएको भन्दै धम्की दिन थालेका छन् । आफू माओवादी नेतृ एवं उर्जा मन्त्री पम्फा भुसालको दिदीको छोरा भएको भन्दै बोर्डका कार्यरत कर्मचारीलाई उनले अपशब्द बोल्दै धम्की दिन थालेका छन् ।

कार्यकारी निर्देशक जस्तो पदमा बसेरका पिएचडीधारी भट्टराईले आफ्नो पुरानौ हैसियतलाई विर्षिएर कर्मचारीलाई तथानाम गाली गलौजमा उत्रिएपछि उनी विरुद्ध मन्त्रालयमा समेत उजुरी परेको छ । भट्टराईले चिया तथा कफी विकास बोर्डको बदनाम हुने गरी गरिएको आर्थिक अनियमिततालाई समेत पारदर्शि गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका आधा दर्जन उजुरी नै परिसकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सेवा तर्फका सचिव केही दिनमा नै स्वेच्छिक अवकाश हुने भएकाले पनि उनलाई खासै कार्वाही गर्ने प्रत्यत्न कृषि कृष्ण प्रसाद आचार्यले गरेका छैनन् । आफूलाई नेकपा माओवादी अध्यक्षको अति नै निकट भएकोले कसैले पनि केही गर्न नसक्ने भन्दै कर्मचारीलाई धम्क्याउन व्यस्त छन् ।

भट्टराइले आफू निकट व्यक्तिलाई बगान सहायक नाईकमा करार नियुक्ति गरी ड्राईभरका रुपमा काम गराईरहेका छन् । करार नियुक्ति एकातिर र काम अर्कोतिर गराईरहेका उनले नुवाकोट स्थिति बोर्डको कार्यालय भव निर्माण नै नभईसकन ठेकेदारसँग आर्थिक प्रलोभनमा परेर सरकारी बजेट समेत झ्वाम पारेको देखिन्छ ।

त्यत्तिमात्र होइन कार्यालय भित्रकै विज्ञहरुबाट गराउनु पर्ने कामलाई समेत आफू निकट व्यक्तिलाई परामर्शदातामा रुपमा राखेर राज्यको ढुकुटी रित्याएर आफ्नो पोल्टा भर्ने काम गरिरहेका छन् । यस्ता पिएचडीधारी बदनामी व्यक्तिका कारण कृषि क्षेत्रका धेरै राम्रा व्यक्तिहरुमाथिनै प्रश्न चिन्ह उब्जिन थालेको छ ।

वर्तमान कृषि सेवा तर्फका सचिव कृष्णप्रसाद आचार्यले यस्ता बदनामी कार्यकारी निर्देशकलाई कार्वाही नगरी अवकाश भईरहँदा आउने कृषि सचिवले बोर्डमा भएको आर्थिक अनियमितता छानविन गर्ने, कर्मचारी माथिको दवाव र धम्की दिने कार्यकारी निर्देशकलाई स्पष्टिकरण सोधी तत्काल सेवाबाट हटाउनेसम्मको काम गर्नु अत्यावश्यक देखिएको छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज २६, २०७८