बिहिबार, बैशाख १३, २०८१

चिया तथा कफी विकास बोर्डमा कार्यकारी निर्देशक भट्टराईको दादागिरी

काठमाडौं । चिया तथा कफी विकास बोर्डमा जो सुकै कार्यकारी निर्देशक आएपनि विवादबाट अछुतो हुन सकेका छैनन् ।
चिया तथा कफी विकास बोर्डमा आउने कार्यकारी निर्देशकहरले बोर्डलाई आफ्नै निजी कम्पनी जसरी चलाउने प्रयास गर्ने गरेकै कारण यस्ता विवादहरु निरन्तर आउने गरेको हो ।

केही समय अगाडि माओवादी अध्यक्षका बहिनी ज्वाई पाठक नाम गरेका व्यक्ति कार्यकारी निर्देशक भएका बेलामा हुने वा हरिप्रसाद पराजुली कृषि मन्त्री भएका बेला नियुक्ति पाएका शेषकान्त गौतम नै किन नहुन् । सवै कार्यकारी निर्देशक विवादमा आउने गरेका थिए । अहिले आएका पिएचडीधारी विष्णुप्रसाद भट्टराई पनि विवादमा तानिएका छन् ।

बोर्डमा कार्यरत कर्मचारीहरुलाई घरमा काम गर्न राखेको कामदार जस्तै व्यवहार गरेका कारण र आफू निकट राजनीतिक दलसँग आस्था राख्ने कर्मचारीलाई काखा र अन्य विचार धाराका व्यक्तिहरुलाई पाखा लगाउने नियत राखेका कारण नै यी पिएचडीधारी विवादमा आएका हुन् ।

हुन त यी पिएचडीधारी भट्टराई केही कृषि व्यवसायीहरुसँग केही वर्ष अघि निकै उठवस गर्थे र किसानमारा नीतिलाई नै अवलम्वन गर्ने गर्दथे केही समय एक निजी कृषि कलेजमा पनि आफूलाई क्रियाशिल गराएका थिए । तीनै व्यक्ति पछिल्लो समय ओली नेतृत्वको सरकारका पालामा पूर्व माओवादीको कोटाबाट बोर्डका कार्यकारी निर्देशकमा नियुक्ति भएपछि यिनको भुँइमा खुट्टा नै रहेन् । कार्यकारी निर्देशकमा नियुक्ति पाएसँगै यिनले आफ्नो हैसियत विर्षिए र कर्मचारीलाई निजी कम्पनीको कामदार जस्तै बनाए ।
आफूले चाहेको काम नगर्ने कर्मचारीलाई निकै दुख दिने प्रयत्न पनि गरे यिनले । करीव दुई तिहाईको सरकारले नियुक्ति गरेको भन्दै कर्मचारीहरुलाई कामदार झै रुखो व्यवहार गर्ने गरेका कारण अधिकांश कर्मचारी यी कार्यकारी निर्देशकसँग निकै रुष्ट बनेका छन् ।

पछिल्लो समय त भट्टराईको दादागिरीको खुलेर विरोध गर्ने कर्मचारी पनि देखिए । कर्मचारीलाई एउटै परिवार भित्रको ठान्नु पर्नेमा दुश्मन झै गरेपछि केही कर्मचारीले सामाजिध सञ्चाल मार्फत यिनको हैसियतमाथि नै प्रश्न उठाएका छन् । सत्ताको स्वाद र सरकारी ढुकुटी रित्याउन कार्यकारी निर्देशक बनेका पिएचडीधारी भट्टराई बोर्डमा रहेसम्म चिया तथा कफी विकास बोर्डको विकास नहुने पक्का देखिएको छ ।

नयाँ नियुक्ति पाएर आएका कृषि मन्त्रीले बोर्डलाई वदमान गराउने र आफ्नो स्वार्थ अनुकुल काम गर्ने कार्यकारी निर्देशकमाथि कस्तो कार्वाही गर्लान् हेर्न वाँकी नै छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज २६, २०७८