बिहिबार, चैत्र १५, २०८०

दाना व्यापारीको ब्रम्हलुट, किसान मारा उद्योगीलाई छुटै छुट

काठमाडौं । पशुपालनका लागि पछिल्लो समय दाना अत्यावश्यक पशु आहारका रुपमा पर्न थालेको छ । बढ्दै गईरहेको पशुपालन व्यवसाय र चरनको अभावका कारण पनि दाना पशुपालनका लागि नभै नहुने बस्तुका रुपमा चिनिँदै आएको छ । परम्परागत रुपमा पशुपालन गरिरहेका किसानहरु समेत अहिले चरन अभावका कारण आफ्ना पशुबस्तुहरुलाई दाना कै भरमा आहारको व्यवस्था गर्दै आईरहेको देखिन्छ ।

यही मौकाको फाइदा उठाउँदै दाना उद्योग तथा व्यापारीहरुले भने नेपाली किसानहरुलाई लुट्नुसम्म लुटेका छन् । दाना उद्योग संघमा रहेका पदाधिकारी नै किसानलाई लुट मच्चाउँदै आईरहेको देखिन्छ । दानामा भएको एकाधिकार अन्त्य गर्न पशु सेवा विभाग लगायत सरोकारवाला निकायले ध्यान दिन नसक्दा किसानहरु लुटिनु परेको छ ।

वितमा भटमान तथा पिनामो अभाव भयो भन्दै एकतर्फी ढंगले अत्यधिक रुपमा दानाको मूल्य बृद्धि गरिएको थियो । यतिखेर भने नेपालमा उत्पादन भएको भटमास छिमेकी भारतका व्यापारीहरुले सस्तोमा खरिद गरि लाने गरेको देखिन्छ । तर नेपाली दाना उद्योगीहरु भने थोरै कच्चा पदार्थ नेपालमा खरिद गर्ने र सस्तो एवं गुणस्तरही कच्चा पदार्थ विदेशबाट ल्याई दाना उत्पादन गरी किसानहरुलाई मारमा पारिरहेका छन् ।

किसानहरुको लागि बोलिदिने संघसंस्था एवं सरकारी निकायको मौनताको फाइदा उठाउँदै भटमास, मकै लगायतका दानका लागि आवश्यक कच्चा पदार्थ सहज र सस्तो हुँदा पनि दानाको मूल्य भने किसानहरुले चर्को नै तिर्नु परेको देखिन्छ । दाना उद्योगी र व्यापारीहरुको मौलाउँदै गईरहेका लुटलाई सरकारले निगरानी गरी कार्वाहीको दायरामा ल्याउन किन ढिला गरिरहेको छ ?

दानाको मूल्यको विषयमा दाना उद्योग संघका पदाधिकारीहरु बोल्न नै चाहँदैनन् । दानाको लागत मूल्य भन्दा दोव्वर फाइदा गरी किसान लुट्नेहरुलाई किसानहरुले कार्वाही गर्ने दिन नआउला भन्न सकिँदैन ।

प्रकाशित मिति: शुक्रबार, अशोज २२, २०७८