भक्तपुर । कृषि कर्मका लागि आवश्यक सानादेखि ठूलासम्मका २ सयभन्दा बढी प्रकारका कृषि औजार एकै ठाउँमा पाउने गरी आधुनिक शोरुम सञ्चालनमा आएको छ ।
भक्तपुर जिल्लाको राधे राधे नजिकै १५ बर्ष भन्दा बढी समयदेखि कृषि औजाार विक्री वितरण गर्दै आईरहेको एसकेटी नेपालले आफ्नै अत्याधुनिक शोरुम मार्फत कृषि औजार विक्री वितरण शुरु गरेको कम्पनीका प्रवन्धक कृष्ण शर्माले जानकारी दिएका छन् ।
वडा दशै तिहारको अवसरमा हरेक कृषि यन्त्रहरुमा १० प्रतिशत छुट सहित सञ्चालनमा ल्याएको सो शोरुममा कृषि, पशुपालन, मत्स्य पालन, बागवानीका लागि आवश्यक सानादेखि ठूलासम्मका कृषि यन्त्र राखिएको छ ।
एसकेटी नेपाल सञ्चालनमा ल्याएको सो आधुनिक शोरुपमा नेपालमा प्रयोग हुने कृषि औजारहरुको अवलोकन समेत गर्न सकिने छ । जसले गर्दा कृषि कर्ममा लाग्नेहरुका लागि कृषि औजार सम्वन्धी अध्ययन केन्द्रका रुपमा पनि विकसित गर्न लागिएको प्रवन्धक शर्माले जानकारी दिए ।
एसकेटी नेपाल : २ सय भन्दा बढी कृषि औजार एकै ठाउँमा पाउने आधुनिक शोरुम

Add Comment