शुक्रबार, बैशाख ७, २०८१

विदेशबाट आउने कृषि बस्तुमा चर्को कर लगाउनु पर्छ : पवन गोल्यान

काठमाडौं । नेपाल कृषिमा आत्मनिर्भर हुने हो र किसानलाई वास्तविक रुपमा नै व्यवसायिक किसान बनाउने हो भने विदेशबाट आउने कृषि बस्तुमा चर्को कर लगाउनु पर्ने गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले बताएका छन् । कृषिमा आत्मनिर्भर बन्नका लागि सरकारले किसान लक्षित कार्यक्रमहरु ल्याउन नसकेको उनको दावी छ । सरकारले कागजी रुपमा किसानलाई कार्यक्रम ल्याए जस्तो गरको भएपनि वास्तविक रुपमा किसानका लागि काम नगरेको उनको आरोप पनि छ ।
यदि नेपाली कृषि क्षेत्रको वास्तविक रुपमा नै विकास गर्ने हो भने अन्य उत्पादित सामानलाई कर लगाए जस्तै कृषि उत्पादनलाई पनि आयात गर्दा कर लगाउनु पर्ने उनको धारणा छ । छिमेकी राष्ट्र होस् वा कुनै पनि बाह्य मुलुकबाट आयात हुने कृषि उपजमा कर लगाउने हो भने नेपालमा कृषि उत्पादनले लागत मूल्य पाउने र त्यसबाट किसानहरु फाइदा लिन सक्ने उनको धारणा पनि छ । किन लगाउने त कृषि उपजमा कर ? गोल्यानसँग गरिएको कुराकानी (हेर्नुस भिडियो)

प्रकाशित मिति: बुधबार, अशोज ६, २०७८