बिहिबार, चैत्र १५, २०८०

कृषि क्षेत्र ध्वस्त बनाउँदै गैरसरकारी संस्था, विदेशी दातृनिकायको दलाली गर्दै नक्कली अभियन्ताहरु

काठमाडौं । पछिल्लो समय नेपालको कृषि क्षेत्र ध्वस्त बनाउने कार्यमा नेपालका नक्कली कृषि अभियन्ताहरु सक्रिय देखिएका छन् । अझ कोभिड १९ को महामारी शुरु भएदेखि हेर्ने हो भने विदेशी दातृ निकायको दलाली गर्ने कार्यमा आफूलाई कृषिका अभियन्ता भन्ने एनजिओकर्मीहरु नै देखिएका छन् ।

नेपाली किसानहरुले कोभिड १९ का कारण सरकारले जारी गरेको लकडाउनका समयमा कृषि उत्पादन विक्री नहुँदा तथा एक पालिकाबाट अर्को पालिकासम्म पु¥याउन हम्मे हम्मे पर्दा कोठाभित्र लुकेर बस्नेहरु यतिखेर भने खाद्य सुरक्षा र खानाको लागि खेतीपाती भन्दै आफ्नै डलर भित्र्याउने खेतीपातीमा नै सक्रिय तुल्याइरहेको देख्न सकिन्छ ।

नेपालमा पछिल्लो समय खाद्यका लागि कृषि अभियानका नाममा होस् वा विगतमा अर्गानिक अभियानका नाममा विदेशी दातृ निकायको सहयोगमा हिँडेका अभियन्ताहरुले वास्तविक किसानका लागि के गरे त भन्ने प्रश्न चिन्ह उब्जिएको छ ।

आम नेपाली किसानहरुले धान खेतीको समय रासायनिक मल नपाउँदा आफूलाई कृषि अभियन्ता भन्नेहरु कुन दुलामा लुकेर बस्ने गर्दछन् । कि पाँचतारे होटलमा विदेशी दातृनिकोका कठपुतली बनेर प्रतिवेदनको तयारी गरिरहेका हुन्छन् ?

विदेशबाट दुई चार लाख कमाएर कृषिमा लगानी गरिरहेका युवाहरु पुन विदेश पलायन हुनु पर्ने वाध्यता आईपर्दा समेत तिनै युवाको पक्षमा बोल्न नसक्नेहरुले कृषिबाट पलायन हुनेहरुलाई पुन ः कृषिमा नै फर्काउन सक्ने आँट छ । कुराको खेतीले उत्पादकत्व बृद्धि हुने भए नेपाल कृषिमा आत्मनिर्भर भईसक्नु पर्ने थियो ।

विदेशी दातृनिकायको डलर डकारेर कृषिको विकासका नाममा विनास गर्ने अभियन्ता र डलरे एनजिओ विस्थापित नभएसम्म नेपाली कृषि क्षेत्रको विकास होला भन्नु वेकार नै हुने छ ।

प्रकाशित मिति: आइतवार, भदौ २७, २०७८