बिहिबार, चैत्र १५, २०८०

पशुपन्छी औषधी आयातमा सरकारकै कारणले गलत कार्य भईरहेको छ : तिमिल्सेना (भिडियो सहित )

काठमाडौं । पशुपन्छी औषधीको आयात तथा विक्री वितरण गर्दै आईरहेका व्यवसायीहरुको संस्था पशुपन्छी औषधी व्यवसायी संघका पदाधिकारीहरु नै गैरकानूनी रुपले एण्टिवायोटिक आयात गरिरहेका छन् । औषधी व्यवस्था विभागका उच्च कर्मचारीहरुको समेत मिलेमतोमा सो कार्य हुँदै आईरहेको देखिन्छ ।

पशुपन्छी औषधी आयात गर्नेदेखि विक्री वितरण गर्ने व्यवसायीहरुले समेत चर्को मूल्यमा किसानहरुलाई पशु औषधी विक्री गर्ने गर्दछन् । अझ नेपाल सरकारले पशुपन्छीलाई प्रयोग हुने एण्टिवायोटिकमा आयातमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ ।

तर, सरकारले प्रतिवन्ध लगाएको भनिएका पशुपन्छीलाई प्रयोग हुने एण्टिवायोटिक कसरी भित्रन्छ । भित्रिएका तिनै एण्टिवायोटिक खुल्लम खुल्ला विक्री गर्दा औषधी व्यवस्था विभाग किन मौन छ ? यसको एउटै अर्थ औषधी व्यवसायीहरुसँगको आर्थिक लेनदेन ।

पछिल्लो समयमा पशुपन्छीका लागि प्रयोग गरिने औषधी भित्रको कालाकर्तुतहरु क्रमश : सार्वजनिक हुँदै गईरहेका छन् । यद्यपी फिड सप्लिमेण्टका नाममा पनि यस्ता बस्तुहरु आयात स्वीकृत दिने काममा पशु सेवा विभाग, औषधी व्यवस्था विभाग, पशुपन्छी औषधी व्यवसायी संघमा पदाधिकारीहरु समेत संलग्न हुने गरेका छन् ।

के हो त पशुपन्छी फिड सप्लिमेण्ट भित्रको समस्या ? कसरी हुन्छ समाधान यसै विषयमा नेपाल पशुपन्छी औषधी व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका पशुपन्छी फिड सप्लिमेण्ट उत्पादक संघका महासचिव नवराज तिमिल्सेनासँग गरिएको कुराकानी (भिडियो सहित) ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८