शनिबार, बैशाख ८, २०८१

मह एग्रिकल्चर किन वन्द भयो ? कृषि मेशिनरी व्यवसायीहरु पनि विचौलिया कै कित्तामा

्काठमाडौं । करीव १० वर्ष अघि चर्चित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाममा खुलेको कृषि फार्म मह एग्रिकल्चर एक दशक पनि ठिक्न सकेन । इजरायली प्रविधि विस्तार र व्यवसायिक कृषिका लागि नमूना फार्मका रुपमा स्थापित गर्ने भन्दै मह जोडीले शुरुवात गरेको सो फार्म बेला बेला विवादमा पनि पर्दै गयो । सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने अनुदान सोही फार्मले मात्र लैजाने गरेको गुनासो पनि त्यसबेला नआएको हुँदै होइन ।

तात्कालिन कृषि विकास मन्त्रालयका सचिवदेखि मन्त्रीसम्म नमूना फार्म भन्दै अवलोकन भ्रमण गर्दै अन्य किसानहरुलाई पनि फार्म अवलोकन गर्नका लागि आग्रह गर्न थाले । इजरायली थोपा सिँचाई प्रविधि विस्तारका लागि मह एग्रिकल्चर नमूना भएको धेरैले गाए । सञ्चार माध्यमहरुले त्यसलाई निकै प्राथमिकता दिए । मह जोडी कृषिमा लागेर नौलो काम गरे भन्ने पनि धेरै भेटिए । तर, मह जोडीको सो फार्मले लामो समय निरन्तरता पाउन सकेन । कृषि अनलाईनले त्यसबेला नै मह एग्रिकल्चर वन्द हुँदै भन्ने समाचार प्रकाशन गरिरहँदा धेरैले त्यसलाई सकारात्मक लिन सकेनन् ।

जे जस्तो अवस्था र परिस्थितिमा मह एग्रिकल्चर स्थापना भयो जे जस्तो तरीकाले प्रचार प्रसार पायो त्यसले निरन्तरता पाउन नसक्नु नै नेपाली कृषि क्षेत्रका लागि एउटा गलत नजिर स्थापित भयो भन्दा उचित होला । मह एग्रिकल्चर कै सिको गर्दै केही ठूला व्यापारीले पनि सरकारी अनुदान वा सहुलियत ऋण प्राप्त गर्नका लागि कृषिमा लगानी गरे तर त्यसले सफलता हासिल गर्न सकेको देखिँदैन । मह एग्रिकल्चर स्थापनाताकाका सदस्यहरु मध्येका एक खोजराज कटुवाल पनि हुन् । उनी मह एग्रिकल्चर बन्द भए पश्चात आफै थोपा सिँचाईको व्यापार गर्न थाले र अहिले नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्ष समेत बनेका छन् ।

नेपालमा मह एग्रिकल्चर जस्ता नमूना फार्म वन्द हुनु र नेपालमा उत्पादकत्व बृद्धि गर्नका लागि कृषि प्रविधि र यान्त्रिकरणको प्रयोग बढाई रहँदा त्यसबाट किसानले भन्दा पनि व्यवसायीहरु मात्रले फाइदा लिईरहेको भन्ने चर्चा चलिरहँदा कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालसँग गरिएको कुराकानी । (हेर्नुस भिडियो)

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८